कोरियामा आजमात्रै ५०५ जना नयाँ कोरोना सङ्क्रमित थपिए,दैनिक नयाँ सङ्क्रमितको सङख्यामध्ये आजको सङ्ख्या सबैभन्दा उच्च !
- by siddhartha@post
- 11 months ago
- 0 comments

दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । जसमध्य १ जना मंगोलियन नागरिक पनी रहेका छन।कलेजो प्रत्यारोपणको लागी केही महिना अगाडी कोरिया आएका उनमा कोरोना सङ्क्रमण देखिएपछी मृत्यु भएको हो।सङ्क्रमितको सङ्ख्या आज बिहान ९ बजेसम्म कुल १५९५ जना पुगेको छ।हिजो को अन्तिम तथ्याङ्क अनुसार झण्डै २८४ बिरामी थपिएपछी
जम्मा सङ्क्रमितको सङख्या १२६१ थियो भने बिहिबार बिहान एकैचोटी ३३४ जना नयाँ सङ्क्रमित थपियपछी १५९४ जना पुगेका थिय।बिहिबार बेलुकी ६ बजेसम्म पुन १७१ जना थपिएसंगै अहिलेसम्मको सङ्ख्या १७६६ पुगेको छ।दैनिक सङ्क्रमितको सङख्या मध्य आजको सङख्या सबैभन्दा उच्च भएको केसिडीसी ले जनाएको छ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले देशले अहिले धेरै ठूलो चुनौतीको सामना गरिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ । थेगु लगायतका सहरहरुमा आवातजावात बन्द गरिएको छ ।कोरियाले सेनालाई सीमित घेरामा ल्याएको छ भने कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने सावधानीबारेमा चेतना अभिवृद्धिको कामलाई तिब्रता दिएको छ ।
कोरोना परीक्षण र उपचारको लागि अबैध रुपमा बसिरहेका विदेशीहरुलाई पनि परीक्षण र उपचार गर्न थालेको छ ।गत जनवरी २० तारीख़देखी देखीएको कोरोना भाईरस फेब्रुअरी १८ सम्म सामान्य रहेपनी १९ तारीख़ देखी संक्रमितको संख्या हवात्तै बढदै गएको हो। संक्रमित हुनेहरु मध्ये आधाजसो थेगु शहर स्थित चर्चका सदस्य, तिनका आफंतहरू र तिनले भेटेका ब्यक्तिहरू रहेका छन ।भने अहिले सङ्क्रमितको सङख्या देशैभरी फैलिएको छ।