कोरिया खबर

थेगुमा डाक्टर तथा नर्सको अभाव,थेगु मेडिकल सेन्टरद्वारा स्वयमसेवी डाक्टर तथा नर्सको खोजी !

गुरुदत्त न्यौपाने /सउल

चिनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाईरस ‘कोभिड -१९ ‘ ले पछिल्लो समय दक्षिण कोरियाका अधिकाँस ठाउँहरुमा महामारीको रुप लिएको छ।थेगु सहर सबैभन्दा प्रभावित ठाउँ बनेको छ।सिन्छन्जी चर्च थेगुबाट कोरियामा महामारीको रुप लिएसंगै कोरियामा कोरोना सङ्क्रमितको सङख्या अत्यधिक बढदो क्रममा रहेको छ।सबैभन्दा बढी सङ्क्रमित भएको क्षेत्र थेगुमा डाक्टर तथा नर्सहरुको अभाव हुन थालेको छ।

बिरामीको सङख्या एक्कासी बढेसँगै थेगुका अस्पताल तथा मेडिकल सेन्टरहरु कोरोना भाईरस संक्रमितले भरिएका छन।कोरोना सङ्क्रमितलाई विशेष आईसोलेसनमा उपचार गर्नुपर्ने भएको हुँदा यतिबेला त्यस क्षेत्रमा अस्पताल बेड (बिशेष प्रकारको आईसोलेसन वार्ड) को अभाव हुन थालेको हो।यससंगै त्यस क्षेत्रमा रहेका डाक्टर तथा नर्सको संङ्ख्या पर्याप्त नभएको बताईएको छ।

बिरामी अकस्मात बढेपछी थेगु मेडिकल एसोशियसनका प्रेसिडेन्ट एम डी डाक्टर लि सङ गु ले निजी क्षेत्रमा कार्यरत अन्य क्षेत्रका डाक्टर तथा नर्सहरुलाई स्वयमसेवाको रुपमा थेगु क्षेत्रमा आउन आग्रह गरेका छन।उनले भनेका छन ” कोरोना भाईरस बिरुद्दको लडाईमा डाक्टर तथा नर्सहरु विना स्वार्थ सहयोग गरिदिनुहोस।यतिबेला देश लाई दुखेको छ तपाईहरुले मल्हम लगाउने बेला भएको छ।यतिबेला सबैले हाम्रो देशलाई सहयोग गर्ने बेला आएको छ।त्यसैले यस लडाईमा सहभागी बन्न ईच्छुकले मलाई सम्पर्क गर्नुहोस ।”

उनले कोरोना भाईरस बिरुद्दको लडाईमा सबै कोरियाका डाक्टर तथा नर्सहरुलाई ईमान्दार पुर्वक काम गर्न सुझाएका छन।उनले यतिबेला अरु क्षेत्रका डाक्टर तथा नर्सलाइ थेगुमा सहयोग गर्न बोलाएका छन।उनले आफ्नो सम्पर्क नम्बर राख्दै ईच्छुक डाक्टर तथा नर्सहरु त्यो सम्पर्क नम्बरमा सम्पर्क गरेर सहयोग गर्न सक्ने जनाएका छन।सम्पर्क नम्बर Phone: 053-953-0033 / 0034 / 0035 ,Fax: 053-956-3273 or 053-959-4544,M.D. Lee Sung-goo,President,Daegu Medical Association

Author Since: Dec 06, 2019

Related Post