कोरियामा काम छोडेर बस्ने विदेशी श्रमिकको भिषा २ महिना थपिने !
- by siddhartha@post
- 4 years ago
- 0 comments

गुरुदत्त न्यौपाने / सउल
रोजगार अनुमती प्रणाली (ईपिएस) मार्फत दक्षिण कोरियामा आएका विदेशी कामदार कम्पनी छोडेको वा काम खोज्दै गरेका हरुको २ महिना भिषा थप हुने कोरियाको न्याय मन्त्रालयले जनाएको छ।चिनको वुहानबाट पहिलोपटक देखिएको भाईरस कोभिड – १९ ले दक्षिण कोरियामा समेत महामारीको रुप लिन थालेसंगै कोरियाको न्याय मन्त्रालयले अहिलेको समयमा काम छोडेर बसेका हरुको लागी २ महिना भिषा थपिने भएको हो।
फेब्रुअरी २८ देखीबाट लागु हुनेगरी अप्रिल ३० सम्मको समयअबधी करिब २ महिनाको समय काम खोजेर बस्दा आफ्नो काम खोज्ने अबधी ३ महिनाको समय नघटने रोजगार सेन्टर नोदोङ्बुले जनाएको छ।आजको मितीदेखी अप्रिल ३० सम्म बोनस भिषामा बस्न पाईने छ।काम छोडेर बसेका हरुको कामखोज्ने आफ्नो अबधी नघटने जनाईएको छ।
यो नियम लागु भएपछी काम खोज्न तथा म्यासेज माग्न नोदोङ्बु जानु नपर्ने तथा काम खोज्न बाहिर हिँडडुल नगर्न नोदोङ्बुले आग्रह गरेको छ।कोरियामा कोरोना भाईरसको प्रकोपको कारणले गर्दा यो नियम परिवर्तन गर्नुपरेको श्रम मन्त्रालयले जनाएको छ।
यसबारेमा नेपाली राजदुताबासका श्रम सहचारी डिल्लीराम बास्तोलालाई बुझदा यसबारेमा दुताबासमा लिखित पत्राचार आईसकेकोले काम छोडेर बस्नुहुनेहरुले यो योजनाबाट फाईदा लिन सक्ने बताउनुभएको छ।