कोरिया खबर

कोरोना दुख- कोरियामा कामदारलाई काम परिवर्तन गर्न गार्हो

सोल-कोरोना भाइरसका कारण दक्षिण कोरियामा काम गर्ने वातावरणमा गम्भिर असर परेको एक सर्वेक्षणले देखाएको छ ।हालै ३७९ जना कोरियाली तथा बिदेशी मानिसहरु सँग लिइएको अन्तरवार्तामा सो कुरा पाईएको हो ।‘द कोरा ईमेज कम्युनिकेशन इन्स्टिच्युट’ (सिआईसिआई) ले फेब्रुअरी २४-२७ मा गरेको उक्त अध्ययनले सो तथ्य सार्वजनिक गरेको हो ।

सिआइसिआईले २०४ कोरियन तथा १७५ विदेशीहरुमा उक्त सर्वेक्षण गरेको थियो ।सर्वेक्षणमा सहभागी ७८ प्रतिशत बिदेशि तथा ६९ प्रतिशत कोरियनहरुले आफ्नो कार्यक्षेत्रमा समयको ब्यापक हेरफेर गरिएको जनाएका छन् साथै धेरै कम्पनिहरुले रोगबाट बच्न तथा सर्नबाट बच्न फोनबाटै काम गर्ने वातावरणको समेत सृजना गरेका छन् ।

दुबै कर्मचारीहरुले ब्यक्तिगत स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसका अलावा भीडभाडमा नजाने, खाली समयमा अन्यत्र ननिस्कने लगायतका उपाय अपनाएर आफूलाइ स्वस्थ राख्न प्रयत्न गरिरहेका छन् ।

अध्ययनका अनुसार हाल अधिकांश मानिसहरु घरमै बसेर युट्युव हेर्ने, अनलाईन सपिङ गर्ने लगायतका काममा ब्यस्त छन् । उनीहरु रोग नियन्त्रण हुने बित्तिकै कतै घुम्ने योजनामा समेत रहेको अध्ययनले देखाएको छ ।Hotpati

Author Since: Dec 06, 2019

Related Post