कोरिया खबर

कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या द्रुत गतिमा बढदै,अहिले सम्म २३३७ जना सङ्क्रमित,१३ जनाको मृत्यु !

दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । जसमध्य १ जना मंगोलियन नागरिक पनी रहेका छन।कलेजो प्रत्यारोपणको लागी केही महिना अगाडी कोरिया आएका उनमा कोरोना सङ्क्रमण देखिएपछी मृत्यु भएको हो।सङ्क्रमितको सङ्ख्या आज बेलुकी ६ बजेसम्म कुल २३३७ जना पुगेको छ।हिजो को अन्तिम तथ्याङ्क अनुसार झण्डै ५०५ बिरामी थपिएपछी

जम्मा सङ्क्रमितको सङख्या १७६६ पुगेको थियो भने शुक्रबार बेलुकी सम्म ५०५ जना नयाँ सङ्क्रमित थपियपछी २३३७ जना पुगेका छन।दैनिक सङ्क्रमितको सङख्या मध्य आजको सङख्या सबैभन्दा उच्च भएको केसिडीसी ले जनाएको छ।अहिलेसम्म २७ जना निको भएर घर फर्कीसकेका छन।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले देशले अहिले धेरै ठूलो चुनौतीको सामना गरिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ । थेगु लगायतका सहरहरुमा आवातजावात बन्द गरिएको छ ।कोरियाले सेनालाई सीमित घेरामा ल्याएको छ भने कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने सावधानीबारेमा चेतना अभिवृद्धिको कामलाई तिब्रता दिएको छ ।

कोरोना परीक्षण र उपचारको लागि अबैध रुपमा बसिरहेका विदेशीहरुलाई पनि परीक्षण र उपचार गर्न थालेको छ ।गत जनवरी २० तारीख़देखी देखीएको कोरोना भाईरस फेब्रुअरी १८ सम्म सामान्य रहेपनी १९ तारीख़ देखी संक्रमितको संख्या हवात्तै बढदै  गएको हो। संक्रमित हुनेहरु मध्ये आधाजसो थेगु शहर स्थित चर्चका सदस्य, तिनका आफंतहरू र तिनले भेटेका ब्यक्तिहरू रहेका छन ।भने अहिले सङ्क्रमितको सङख्या देशैभरी फैलिएको छ।

Author Since: Dec 06, 2019

Related Post