कोरोना भाइरसका कारण दक्षिण कोरिया नागरिकहरुलाई ५२ देशद्वारा प्रवेश निषेध !
- by siddhartha@post
- 4 years ago
- 0 comments

गत डिसेम्बरदेखि महामारीका रुपमा चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण दक्षिण कोरिया नागरिकहरुलाई यात्रामा कडाइ गरिएको छ।
त्यस्तै गरि विश्वका ५२ वटा देशले दक्षिण कोरियाबाट आफ्नो देशमा यात्रा प्रतिबन्ध गरेका छन्। कोरियाको विदेश विभागले ५२ वटा देशले यात्रामा निषेध गरेको जानकारी दिएको कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन्। विश्वका २७ प्रतिशत देशले जसमा एसिया भ्रमण गरेका यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको छ।
खाडी मुलुक साउदी अरब,प्यालेष्टाइन,जमैका लगायतका देशले दक्षिण कोरियाबाट आउने प्रवेशमा रोक लगाइएको छ।दक्षिण कोरियन प्रधानमन्त्री चुङ्ग साई क्युनले राष्ट्रका नाममा सम्बोधन गदै अवस्था गम्भीर रहेको औँल्याएका छन् भने उपस्वास्थ्य मन्त्री किम गाङ् लिपले कोरोना भाईरसबाट संक्रमितको सङ्ख्यामा भएको वृद्धि नयाँ परिस्थितिमा पुगेको प्रतिक्रिया दिएका छन्।
दक्षिण कोरियामा पछिल्लो समय कोरोना भाइरस संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ। कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले १३ जनाको कोरोना भाइरसको कारणबाट मृत्यु भएको तुलनामा संक्रमितको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको जनाएको छ।प्रवेश रोक नलागाएका देशहरुले दक्षिण कोरियाबाट भ्रमण गरेकाहरुलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेको छ। दक्षिण कोरियामा २३सय भन्दा बढि संक्रमण देखिएको छ।
यसैबीच नेपालले प्रतिवन्धको बारेमा अहिलेसम्म केही निर्णय गरेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले नेपाल प्रतिबन्ध लगाउने अवस्थामा नरहेको र विमानस्थलको क्वारेन्टाइनलाई अझ प्रभावकारी बनाउने काम भइरहेको बताए। दाहालले प्रभावित देशबाट आएका नागरिकलाई घरमै क्वारेन्टाइनको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको बताए।
स्वास्थ्य सेवा विभागले कोरोना नियन्त्रणका लागि आफ्नो ध्यान केन्द्रित गरेको छ। विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ७ वटै प्रदेशमा सात वटा टोली खटाउने जानकारी दिएका छन्।हटपाटीबाट