कोरोना भाईरसको कारण चिनिया विधार्थी समेत कोरिया छोडन थाले !
- by siddhartha@post
- 3 years ago
- 0 comments

गुरुदत्त न्यौपाने /सउल
विगत २ हप्तादेखी कोरियामा ब्यापक रुपमा फैलदै गरेको कोरोना भाईरसको डरले थेगु विश्वविधालयमा अध्ययन गर्ने ७ चिनिया विधार्थी स्वदेश फिर्ता भएका छन ।
कोरोना भाईरसको कोरिया ईपिसेन्टर थेगुको सिन्छन्जी चर्च नजिकै पर्ने सहर ख्यङ्गसान को एक होस्टेलमा बस्ने २ जना चिनिया विधार्थी अघिल्लो हप्ता बिहिबार स्वदेश फिर्ता भएका छन भने बाँकी ५ जना फेब्रुअरी २४ तारिख नयाँ सेमेस्टरका लागी कोरिया आएका उनिहरु पनि भाईरसको कारणले स्वदेश फिर्ता भएका हुन।
“विधार्थीका बुवाआमा कोरियाको अबस्था र आफ्ना छोराछोरी को अवस्थाबारे चिन्तित भएका थिय।उनिहरुले आफ्ना छोराछोरी हरुलाई फर्काउन सहयोग गरिदिन हामीसंग आग्रह गरेका थिय।चीन बाटै सुरु भएको भाईरसको कारण कोरियाबाट चिनिया विधार्थी सुरक्षित हुन चीन फर्कनुपर्दा हामीलाई एकदमै दुख लागेको छ।”थेगु विश्वविद्यालय का एक अधिकारीले बताएका छन।
कोरियामा नयाँ सेमेस्टरका लागी दर्ता गरेका ३३ जना चिनिया विधार्थीमध्य कोरोना भाईरस त्रासकै कारण १ जना मात्रै कोरिया आएको र बाँकी ३२ जना विधार्थीले सेमेस्टर त्यागेको ख्यङ्गसान होस्टेललाई उदृध गर्दै थेगु विश्वविद्यालय ले जानाकारी दिएको छ।
कोभिड १९ को कारण शुक्रबार बेलुकीसम्म २३३७ जना सङ्क्रमित भएका छन ,१३ जनाको मृत्यु संगै २७ जना निको भएर घर फर्केका छन।चीनमा अहिलेसम्म २७०० को मृत्यु भएको छ भने ७८००० जना सङ्क्रमित छन।