कोरिया खबर

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा स्वास्थ्य चेकजाँच खुकुलो ,खतराको संकेत !

कुमार थापा,यतिबेला कोरोना भाईरस (COVID-19) को संक्रमणले जनजिवन प्रभावित बनेको छ । चीनको बुहान शहरबाट उत्पत्ति भएको भाइरसले अहिले विश्व नै त्रसित छ । जसका कारण करिब २५ सय हाराहारी मानिसको मृत्यु भइसकेको छ भने हजारौँको संख्यामा संक्रमित भइसकेका छन् ।

चीन, कोरिया, इटली, जापान, अस्ट्रेलिया, अमेरिका लगायतका धेरै देशमा यसको प्रभाव दिन दुईगुना रात चौगुना बढिरहेको छ । सामान्यतया रुघाखोकी लाग्नु, लगातार उच्च ज्वरो आरहनु र स्वासप्रस्वासमा समस्या हुनुलाई यस रोगको प्रारम्भिक लक्षण मानिन्छ । करिब १४ दिनसम्ममा यो रोग लागे नलागेको थाहा पाउन सकिने डाक्टरहरु बताउँछ्न् । उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि सरुवा रोग भएकै कारण अत्यन्तै छिटो सर्ने हुँदा यो रोग फैलिनुको मुख्य कारण हो ।

विश्व स्वास्थ संगठन ( WHO) ले स्वास्थ संकट घोषणा गरिसकेको यस गम्भीर अवस्थामा नेपालको सन्दर्भलाई हेर्दा शून्य सावधानीको अवस्था भनेर बुझ्न सकिन्छ । कोरोनो भाइरस बिगबिगी फैलिनुका पछाडि छिमेकी देश नजिकै रहनु, व्यापारिक, सामाजिक, साँस्कृतिक लगायत विभिन्न कारण रहेका छन् । त्यस्तै सिमासँग जोडिएको भौगोलिक अवस्थाले नेपाल उच्च जोखिममा छ भन्दा अत्युक्ति नहोला।

सरकारले अबेर गर्दैछ

अझ भनूँ, कामदार, विद्यार्थी, व्यापार व्यवसाय अपनाइरहेका हजारौँको संख्यामा नेपाली दक्षिण कोरिया, चीन, जापान लगायत देशमा रहेका छन् । कोरियामा रहेका नेपालीलाई सरकारले आफ्ना ठानेन । काम विशेषले अथवा कार्यअवधि सकेर त्यस्तै पढाइ सकेर फर्किने आम नेपालीलाई वा विदेशी जो कोहीलाई पनि विमानस्थलमा हेल्थ डेस्क, स्वास्थ परीक्षण प्रभावकारी नहुनु वा भएर पनि लापरबाही हुनु नेपालका लागि चुनौतीपूर्ण मात्र नभई खतराको संकेत नै मान्न सकिन्छ ।

जनताको स्वास्थ र स्वास्थका कारण देखिने विकराल अवस्थाका बारेमा संसदमा झिनु विषयवस्तुको रुपमा उठान हुनु र खासै महत्व नपाउनुले भोलिको दिनमा कस्तो परिस्थिति सामना गर्नुपर्छ त्यो दिन निकै महंगो हुन सक्छ । अथवा निकै अबेर भैसकेको पनि हुन सक्छ । तसर्थ सरकार लगायत सम्पूर्ण राजनीतिक दल, स्वास्थसँग सम्बन्धित संघसंगठन लगायत सबैले यसको सचेतना जगाउने, विशेष हेल्थ डेस्क, रोकथाम र उपायका बारेमा तत्काल ध्यान दिनु जरुरी छ । साथै भाइरस प्रवेश नै हुन नदिन प्रभावकारी कार्यको थालनी गरिहाल्नुपर्ने देखिन्छ । मानवीय जीवनमा स्वास्थ्य नै सबैभन्दा ठूलो हो । स्वस्थ रहौँ, स्वस्थ समाजको निर्माण गरौँ ।

सचेतनाका उपाय

कोरोना भाइरस उच्च तापक्रममा कमजोर रहेको खुलासा भएको छ । त्यसैले कमसेकम यो प्रकोप रहुन्जेल सदैव तातो पानी पिउनुहोस् । चिसो जन्य वस्तुको सेवनले भाइरस झनै सक्रिय हुने गर्दछ । घरबाट बाहिर निस्कँदा थर्मसमा तातो पानी लिएर निस्कनुहोला । जुनसुकै स्थानमा र जुनसुकै व्यक्तिबाट कोरोना संक्रमित हुने भएकोले यी र यस्ता सामान्य कुरामा ध्यान दिनुभएमा संक्रमित भइहाले पनि सहज रुपमा प्रतिकार गर्न सकिन्छ–मास्क प्रयोग,अल्कोहल स्प्रे,हातमुखको सरसफाइ,तातो पानीको सेवन,भिडभाडबाट टाढै बस्ने, सकभर हात नमिलाउने,अत्यावश्येक काम बाहेक घरबाट ननिस्कने,साउनाको प्रयोग आदि ।

लेखक कुमार थापा जनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री हुन्

Author Since: Dec 06, 2019

Related Post