कोरिया खबर

कोरोना भाईरसको कारण कोरियाली मोटर उत्पादक कम्पनी हुन्डाईको उल्सान प्लान्ट बन्द !

सोल-बिक्रीका हिसावले कोरियाकै सबैभन्दा ठूलो कार निर्माता कम्पनिले आफ्ना एक कर्मचारीमा कोरोना सङ्क्रमण पाएपछि उल्सान शहरस्थित एक प्लान्टको उत्पादन बन्द गरेको छ।कम्पनिले उक्त प्लान्टमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको स्वास्थ्य परिक्षण गर्ने समेत जनाएको छ ।

बन्द गरिएको प्लान्ट नम्बर २ मा करिव ४ हजार कर्मचारिहरु कार्यरत छन् । उक्त प्लान्टमा कम्पनिले प्यालिसेड एसयुभी, जी भी ८० एसयुभी मोडलका अन्तराष्ट्रिय बजारमा लोकप्रिय कारहरु उत्पादन गर्दै आएको छ ।ह्युण्डाईका कोरियामा सातवटा प्लान्टहरु रहेका छन् जस मध्ये उल्सानमा ५ वटा, आसान तथा छङ्जुमा एक एक वटा रहेका छन् ।

कोरिया बाहिर चीनमा ४ वटा तथा अमेरिका, चेक रिपव्लिक, भारत, टर्की, रसिया र व्राजिलमा एक एक वटा कार उत्पादक प्लान्टहरु छन् जसले करिव ५५ लाख कार उत्पादनको क्षमता राख्दछन् ।हटपाटीबाट

कोरोना भाईरसको डरले चिनिया विधार्थी कोरियाबाट स्वदेश फिर्ता !

विगत २ हप्तादेखी कोरियामा ब्यापक रुपमा फैलदै गरेको कोरोना भाईरसको डरले थेगु विश्वविधालयमा अध्ययन गर्ने ७ चिनिया विधार्थी स्वदेश फिर्ता भएका छन ।कोरोना भाईरसको कोरिया ईपिसेन्टर थेगुको सिन्छन्जी चर्च नजिकै पर्ने सहर ख्यङ्गसान को एक होस्टेलमा बस्ने २ जना चिनिया विधार्थी अघिल्लो हप्ता बिहिबार स्वदेश फिर्ता भएका छन भने बाँकी ५ जना फेब्रुअरी २४ तारिख नयाँ सेमेस्टरका लागी कोरिया आएका उनिहरु पनि भाईरसको कारणले स्वदेश फिर्ता भएका हुन।

“विधार्थीका बुवाआमा कोरियाको अबस्था र आफ्ना छोराछोरी को अवस्थाबारे चिन्तित भएका थिय।उनिहरुले आफ्ना छोराछोरी हरुलाई फर्काउन सहयोग गरिदिन हामीसंग आग्रह गरेका थिय।चीन बाटै सुरु भएको भाईरसको कारण कोरियाबाट चिनिया विधार्थी सुरक्षित हुन चीन फर्कनुपर्दा हामीलाई एकदमै दुख लागेको छ।”थेगु विश्वविद्यालय का एक अधिकारीले बताएका छन।

कोरियामा नयाँ सेमेस्टरका लागी दर्ता गरेका ३३ जना चिनिया विधार्थीमध्य कोरोना भाईरस त्रासकै कारण १ जना मात्रै कोरिया आएको र बाँकी ३२ जना विधार्थीले सेमेस्टर त्यागेको ख्यङ्गसान होस्टेललाई उदृध गर्दै थेगु विश्वविद्यालय ले जानाकारी दिएको छ।कोभिड १९ को कारण शुक्रबार बेलुकीसम्म २३३७ जना सङ्क्रमित भएका छन ,१३ जनाको मृत्यु संगै २७ जना निको भएर घर फर्केका छन।चीनमा अहिलेसम्म २७०० को मृत्यु भएको छ भने ७८००० जना सङ्क्रमित छन।

Author Since: Dec 06, 2019

Related Post