कोरियामा कोरोना भाईरसको कारण हालसम्म १७ को मृत्यु । ३१५० जना मा संक्रमणको पुष्टि । आजमात्रै ८१३ जना नयाँ विरामी ।
- by siddhartha@post
- 4 years ago
- 0 comments

पछिल्लो समय कोरियामा कोरोना —१९ भाईरसले महामारीको रुप लिएको छ । कोरियामा पछिल्लो अपडेटअनुसार १ जना मंगोल देशका नागरिक समेत गरी १७ जनाको मृत्यु भईसकेको छ । त्यसैगरी संक्रमित विरामीको संख्या ३१५० पुगेको हो । जसअनुसार आजमात्रै ८१३ जना नयाँ विरामी थपिएको छ । यो थपिएको संख्या हालसम्मकै उच्च हो । साथै ३५१८२ जनालाई उच्च निगरानीमा राखिएको पनि बताईएको छ ।
कोरोनाले गर्दा कोरियामा बजारहरु सुनसान भएका छन् । सार्वजनिक बस तथा मेट्रो रेलहरु खाली जस्तै भएका छन् । कोरियन सरकारले नागरिकलाई घरबाहिर ननिस्कनको लागि विशेष आग्रह गरेको छ ।कोरियन सरकारले नजिकको एरियामा थपिएको नयाँ संक्रमितको डिटेल्स लगाएत संक्रमित पुगेको ठाऊँहरुको विषयमा हरेक अपडेट मोबाईल अलर्टको माध्ययमवाट लगातार प्रवाह गरिरहेको छ ।
हालसम्म कोरियामा रहेका नेपालीहरुमा कोरोना संक्रमन भएको छैन् तरपनि यहाँ रहेका नेपालीहरुमा उच्च भय रहेको छ । तसर्थ सम्पूर्ण कोरियावासी नेपाली दाजभाई तथा दिदीबहिनीहरु उच्च सतर्कता अपनाउनुहुन अनुरोध गरिन्छ । साथै सकेसम्म घरबाहिर ननिस्किनुहोला र निस्कनै पर्ने भएपनि अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुहोला ।
यदि तँपाई भिषा अवधि समाप्त भएर ओभरस्टे बसिरहनुभएको छ भनेपनि कोरियन सरकारले पक्राऊ नगर्ने निति लिएको कारण तँपाई ढुक्क सँग नि:शुल्क कोरोनाको उपचार गराउन सक्नुहुनेछ ।
साथै हालसम्म २८ जना विरामी निको भएर घर फर्किसकेको छ ।