News

अमेरिका जाने आवेदन आज १२ बजेदेखि खुल्ने , ६५ हजार कोटा,

काठमाडौं– स्नातक र स्नातकोत्तर गरेका नेपालीले कामदार भिसामा अमेरिका जान पौने भएका छन् । यसका लागि अमेरिकाले ‘एचवान बी ’ आवेदन आज १२ बजेदेखि खुलाउँदैछ ।युएससीआईएसको सुचना अनुसार आजदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म आवेदन दिन सकिनेछ ।युएससीआईएसकाले यो आवेदन आर्थिक बर्ष २०२१ का लागि खुलाएको हो ।

यसका लागि आवेदन निर्धारित समयसम्ममा विश्वको जुनसुकै स्थानबाट भर्न सकिनेछ ।जसका लागि अनलाईन दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । फारम भरेपछि आवेदकलाई युएससीआईएसले कन्फर्मेशन कोड पठाउनेछ । आँफु छनौंट भएको वा नभएको यकिन गर्न नतिजा मार्च ३१ मै हेर्न सकिने छ ।

छनौट भएका अवेदकहरुले एचवान बी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्ने र तोकिएका सबै प्रकृया पूरा गरेको खण्डमा अमेरिकाले भिसा दिने बताइएको छ ।उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो प्रकृया अघि बढाइएको सुचनामा उल्लेख गरिएको छ । अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुकाे लागि पहिलोपटक अनलाइनमार्फत रजिस्ट्रेशन दिन लागेको हो।

याे पटक स्नातकका लागि ६५ हजारको कोटा खुलाइएको छ । त्यस्तैगरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा खुलाइएको छ । यद्यपि अमेरिकामै मास्टर्स डिग्री गरेकाहरु पनि ६५ हजारको कोटामा आवेदन दिनसक्ने सुचित गरिएको छ ।

Author Since: Dec 06, 2019

Related Post