कोरियामा कोरोना – घर फर्किने बिषयमा अन्योलमा छन नेपाली !
- by siddhartha@post
- 3 years ago
- 0 comments

विनोद पौडेल
दक्षिण कोरियामा हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई सामान्य रुपमा आँकलन गर्न सकिने अवस्था छैन् ।भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर यहाँ रहेका हामी नेपालीहरु पनि सक्दो सतर्कता अजनाई रहेका छौँ । यहाँका मुख्य तथा बाक्लो मानविय चाँप हुने स्थानहरुमा हामी सहभागी भएका छैनौँ । कतिपय उद्योगहरुमा पहिलाको तुलनामा काम घटाईएको छ ।
रोजगारदाताहरुले कार्यस्थलभन्दा बाहिर नजान र यदि जानै परेमा सतर्कता अपनाउन सुझाईरहेका छन् । यद्धपी बाहिर नै ननिस्कीएपनि कोरियन सहकर्मीहरु अन्य स्थानबाट आउने र कति कोरियनहरु स्वास्थ राम्रो भए केहि नहुने भन्दै लापरवाहि गर्ने गरेका छन् ।कतिपय सहकर्मीले हानानिम ले बचाउँनुहुन्छ भन्दै मास्क समेत नलगाई लापर्वाहि गरेका हुन्छन् ।
यस्तो देख्दा लाग्छ हामिले मात्र सतर्कता अपनाएर के गर्नु, कम्पनिले पनि त्यसको बिषयमा गम्भिर भईदिए हुने । हामिलाइ मात्र बाहिर नजा भन्ने कम्पनीले सुरक्षाको उपाय अबलम्बन नगर्ने बाहिरबाट आराबाइट (पार्टटाइम) कामदार ल्याउने गरेको छ । एउटा माक्स समेत दिएको छैन । कमसेकम कम्पनिमा आउनेहरुको ज्वरो जाँच गरेर शंका लागेकालाई प्रवेश गर्न नदिने व्यबस्था गरिदीनु पर्दछ भनेर पटक पटक माग गरिरहेका छौँ । उम्संग थेसोमा कार्यरत लक लामा कम्पनी बाहिर जान नपाए पछि कम्पनीमा सहकर्मीहरुसँग बसेर कोरोना भाइरस को विषयमै छलफल गर्ने गरेको बताउँछन । बजार मार्टहरुमा खानेकुरा किन्न जादा पनि एकदम सचेत भएर हिडनु पर्ने अवस्था छ ।
यहाँ विद्यालय ,विश्वविद्यालय तथा सार्वजनिक सभा सम्मेलन कार्यक्रमहरु निश्चित समयका लागी बन्द गरिएका छन् । धार्मिक समुदायसँग सम्बन्धीत कार्यक्रमहरु पनि बन्द जस्तै छन् । सिन्छेन्जी क्थोलिक ईसाइ परिवारको चर्चको सदस्यहरुमा बढी संक्रमण फेला पर्नु उक्त सनुदायमा रहेको धार्मिक अन्धविश्वास मुख्य कारण हुन सक्ने मेरो धारणा छ । वुहानबाट फैलिएको कोरोना भाइरस आफ्नो देशमा फैलिन नदिन सुरुमा दक्षिण कोरियाले विभिन्न सुरक्षात्मक उपायहरु अपनाउदै भाइरस संक्रमण लाइ रोक्ने हर प्रयास बाबाजुद एकाएक महामारिको रुपमा भाइरस फैलिदा विश्वको ध्यान दक्षिण कोरियामा खिचिएको छ । कोरियाली भुमीमा यसरी भाइरस फैलिनुमा थेगु स्थित क्याथोलिक चर्च सिन्छोन्जीमा भाइरस संक्रमित एक महिला करिब १२ सय जना उपस्थित प्रार्थना सभामा सहभागी भएपछि उक्त सभामा उपस्थित भएका अधिकांश व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भएको फेला परेको यहाँका संचार माध्यमले लेखेका छन् । मुख्य प्रभावित थेगु छंग्दो ख्यंसंगनामंदो क्षेत्रनै हो । कुल संक्रमित मध्य ८०प्रतिसत बिरामी सोहि क्षेत्रका छन् ।
सुरुमा उक्त चर्चवाट फैलिएको भाइरस ब्यापक धार्मिक अनुयायी हरुबाट नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अन्यत्र पनि फैलिएको पाइएको छ । यहाँ रहेको करिब ४५ हजार नेपालीहरु पनि चनाखो र सतर्क रुपमा बसेका छन । भाइरस संक्रमण अत्यन्त छिटो रुपमा व्यापक भएको कारण अहिले बाहिर निस्कन पनि कतै भाइरस संक्रमणमा परिन्छ की भन्ने डर र चिन्ता सबैलाइ भए पनि केहि मिडीयाहरुमा आएका अफवाहहरुले यहाँका नेपालीलाई भन्दा पनि नेपालमा रहेका उनिहरुको परिबारमा बढी त्रास फैलिएको पाइएको छ ।कति त पारिवारीक दबाबको कारण कोरियाको बसाइ छोट्टाएर त कति बिदा मिलाएर घर फर्कन थालेका छन । कति पर्ख र हेर को स्थितीमा छन भने कति त बरु सचेत र सतर्क भएर बस्ने नेपालमा घर व्यवहारले गर्दा लागेको ऋण तिर्न भएपनि यही वस्ने मनस्थितीमा छन ।
सुरुमा भाइरस संक्रमण भएको थाहा नहुने र संक्रमण भएको थाहा हुन क्वारेनटाइनमा बसेर निरिक्षण गर्नु पर्ने हुँदा महामारीको त्रास उतिकै भएपनि कति नेपालमा भन्दा उपचार व्यवस्था सतर्कता दक्षिण कोरियामा अत्यन्त राम्रो भएकोले आत्तिनु पर्ने अवस्था नरहेको बताउँछन ।यहाँको सरकारले विदेशी कामदारहरुलाई भाइरस संक्रमण भए निशुल्क उपचार गरिदीने, भिसा सकिन लागेका कामदार हरुलाइ ५० दिनको भिसा दिने लगायतका व्यवस्था गरेको छ । कम्पनि परिवर्तन गर्ने मध्ये ९० दिनको सिमा रहेकोमा थप २ महिना सुबिधा दिने, भिसा सकिएका अबैधानिक कामदारलाई भाइरस संक्रमण भएको अवस्थामा उनिहरुलाइ धरपक्कड नगरिकन उपचारको व्यवस्था मिलाउने लगायतका व्यवस्था सरकारले गरेको छ । उच्च सतर्कता का बाबाजुद दिन चौगुना भाईरस संक्रमणको संख्या बढनु चिन्ताको बिषय अबश्य हो । भाईरस फैलिएको दुईवटा शहरमा चहल पहल एकदम न्युन छ । दक्षिण कोरियाका अन्य सहरहरुमा पनि मानिसहरुको चहलपहलमा कमि आएको छ । यहाँ विभिन्न ंसहरमा व्यवसाय गर्दै आएका नेपालीहरु भाइरस को त्रासले चहलपहलमा कमिआएको कारण आफ्नो व्यवसायमा कमि आएको बताउछन । नेपाली व्यवसायी नेपाली जनसम्पर्क समितीका पुर्व अध्यक्ष गिरीराज कुँवरले भाइरस संक्रमणको जोखिमका कारण नेपालीहरुको चहल पहलमा कमि आएकोले व्यवसायमा समेत त्यसको असर परेको बताउनु हुन्छ ।
उहाँ भाइरसको प्रभाव कति समय सम्म बस्छ भन्ने महत्वपुर्ण भएकोले सतर्कतालाई नै प्रथामिकता दिनु हुन्छ । मास्कको बजारमा चरम अभाव छ । सरकारले प्रभावित क्षेत्रहरुमा लक्षित गरि हुलाकबाट सिमित संख्या तोकेर सहुलियत दरमा सर्वसाधरणलाई सुरक्षित मास्कको व्यवस्था गरेको छ ।ज्वरो सहित रुघा खोकी लागेका बिरामीहरुलाई उपचार गर्न विशेष निगरानीका साथ सरकार स्वास्थ्य मन्त्रालय सरुवा रोग निवारण गर्ने बिभाग को समन्वयमा छुट्टै उपचार गर्ने सोधपुछ र जानकारी तथा आकस्मिक सेवा लिन १३३९ को हटलाइन को सरकारले व्यवस्था समेत गरेको छ । भाईरस छ कि छैन पत्ता लगाउने, बिरामीको गतिविधि निगरानी गरि सोधपुछ गर्ने व्यवस्थाका साथ आकस्मिक सूचना प्रत्येक व्यक्तिका मोबाइलमा पठाउने हँुदा सहज भएको छ । भाइरसको महामारी बढ्दै गएको अबस्थामा नेपालीहरु पनि संक्रमणको जोखिममा पर्न सक्ने संभाबनालाई नकार्न सकिन्न। यहा रहेका ४० औ हजार नेपालीहरु को बिषयमा नेपाल सरकार अवस्य पनि गम्भिर बन्नु पर्दछ । यहाँबाट फर्कने नेपाली लाइ मात्र नभएर भाइरस संक्रमण भएका देस बाट नेपाल आउनेहरु प्रति कडा निगरानीको साथ त्रिभुबन अन्तराष्ट्रिय विमानस्ंथलमा ससक्त चेक जाँच गर्न प्रभावकारी हेल्ंथ डेक्सको स्थापना साथ नेपाली चिकित्सकहरुले समेत एउटा टिम बनाएर भाइरस फैलिन बाट रोक्न कदम चाल्नु उचित हुने हरी अधिकारी सुझाब दिनुहुन्छ ।
विश्व स्वास्थ्य संगठनले समेत उच्च जोखिमको सुचिमा नेपाललाई राखिसकेको अवस्थामा नेपाल ले केबल नेपाल भ्रमण वर्षको नाममा पर्यटक भित्राउने नाममा सहज प्रवेश दिने काममा कडाइ गर्नु पर्ने धारणा नेपाली सम्पर्क समितीका निवर्तमान महासचिव निर्मल बेलवासे राख्नु हुन्छ । दक्षिणकोरियामा भाइरस फैलेको कारण ८० भन्दा बंढी राष्ट्रले दक्षिण कोरिया हुदै आउनेलाइ आफ्नो देशमा प्रबेस नदिने घोषणा गरिसकेको अबस्थामा नेपाल ले पनि प्रतिकुल बातावरणमा सोहि अनुसार कदम चाल्नु पर्ने बरु भ्रमण बर्ष अर्को बर्ष लाई सार्न सकिन्छ । सरकारले नेपाली जनताको स्वास्थ्यलाई महत्वपु्र्ण मान्नुपर्छ किनकी कथम कदाचीत भाइरस फैलिए नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशमा भयाबह हुने । रेसम फलामी सरकारलाइ सुंझाब दिनुहुन्छ । पछिल्लो जानकारी अनुसार ३७ सयको हारहारीमा दक्षिणकोरियामा संक्रमित फेला परिसकेको र १८जनाको संक्रमणको कारण मृत्यु भंइसकेको र ३० जना उपचार पछि घर फर्केका छन भने केहि लाई पुर्ण निको भए पनि पुन भइरस संक्रमण भएको दक्षिण कोरिया को सरुवा रोग नियन्त्रण बिभाग ले जनाएको छ ।