कोरिया खबर

कोरियामा ४५ दिनको शिशुमा समेत कोरोना भाईरस देखा पर्यो,सबैभन्दा कम उमेरको सङ्क्रमित भएको खुलासा !

गुरुदत्त न्यौपाने / सउल

दक्षिण कोरियाका स्वास्थ्य अधिकारिले आईतबार बताएअनुसार कोरियामा ४५ दिनको शिशुमा समेत कोभिड -१९ अर्थात कोरोना भाईरस फेला परेको छ।यससंगै उनी दक्षिण कोरियाका सबैभन्दा कम उमेरका कोरोना सङ्क्रमित बनेका छन।

गत जनवरी १५ तारिखमा जन्मिएको उक्त शिशु को बुवालाई गत बिहिबार कोरोना भाईरस लागेको थियो।त्यसपश्चात आज आईतबार उक्त शिशुलाई समेत भाईरस सङ्क्रमण देखीएको कोरिया रोग नियन्त्रण तथा रोकथाम कार्यालय केसिडीसीले जनाएको छ।

डाक्टरले आमा र शिशुलाई भाईरस चेक गर्दा भाईरस सङ्क्रमण भेटिएको
तर उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेकोले तत्कालको लागी उनीहरुलाई कोरियाको उत्तरी ख्यङ्गसान प्रान्तमा उनीहरुको आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा राखिएको छ।उनिहरुको स्वास्थ्य अवस्था हेरेर पुन: अस्पताल भर्ना गर्ने नगर्ने बिषयमा डाक्टरहरुले छलफल गरेर बोलाउने बताएका छन।

Author Since: Dec 06, 2019

Related Post