बैज्ञानिक भन्छन – ‘कोरोनाको संक्रमण एन्टी भाइरल औषधिले रोक्न सक्छ’
- by siddhartha@post
- 4 years ago
- 0 comments

कोरोना संक्रमणका कारण विश्वभर असी हजार भन्दा बढी बिरामी छन् भने करिव २ हजार बढीले सोही संक्रमणका कारण ज्यान नै गुमाइसकेका छन् ।चीनको हुवान प्रान्तबाट फैलिएको उक्त संक्रमणको हालसम्म कुनै औषधि पत्ता लाग्न सकेको छैन । यस संक्रमणको उपचार भन्नु नै मानिस भित्र रहेको उसैको प्रतिरक्षा प्रणाली हो । यदि प्रतिरक्षा प्रणाली सकृय तथा शशक्त छ भने उ सञ्चो हुन्छ ।
यदि प्रणाली कमजोर भएमा उसले ज्यानै समेत गुमाउछ ।सोही भाइरल संक्रमणसँग जुध्न केही युरोपियनहरुले एन्टी भाइरल औषधिको पुनर्प्रयोग बारे अध्ययन सुरु गरेका छन् । नर्वेजियन विश्वविद्यालयका एसोसिएट प्रोफेसर डेनिस केइनोभ तथा उनको टीमले ११९ प्रजातिका साइड ईफेक्ट नभएका एन्टीभाइरस औषधिको बारेमा अध्ययन गरेका छन् ।
हाल उनीहरुले एक औषधि एक रोगको मान्यता भन्दा माथि उठेर एक औषधि अनेक रोगको मान्यतामा औषधि निर्माण गरिरहेको बताएका छन् । उनीहरुका अनुसार हाम्रो शरिरमा आक्रामण गर्ने भाइरसहरुले प्रयोग गर्ने पाथ वे प्राय एकै हुने भएकाले यदि अलि शुक्षम अध्ययन गरिएमा एक औषधिलाई अनेक रोग सँग लड्न प्रयोग गर्न सकिने उनीहरुले बताएका छन् ।
बैज्ञानिकहरुका अनुसार केही एन्टी भाइरल औषधिहरु छन् जो कोरोना सँग लड्न सक्षम छन् । यदि ति औषधिहरुको सही प्रयोग गरिएमा कोरोना बिरुद्धको लडाईमा नयाँ सफलता प्राप्त हुने उनीहरुले बताएका छन् । उनीहरुका अनुसार teicoplanin,oritavancin,dalbavancin,monensin,एमेतिने नामक एन्टि भाइरल औषधिहरु कोरोना विरुद्धको लडाईमा सार्थक सिद्ध हुन सक्छन् ।