कोरोना सङ्क्रमण लुकाएको आराेपमा दक्षिण कोरियाका धार्मिक नेतामाथि छानबिन सुरु
- by siddhartha@post
- 3 years ago
- 0 comments

काठमाण्डौ – दक्षिण कोरियाली सरकारले चर्चका पादरीहरुले घटना लुकाउँदा कोरोनाको संक्रमण फैलिएको भन्दै छानबिन सुरु गरेकाे छ ।सिन्छन्जी चर्चले सङ्क्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको बीबीसीले जनाएको हाे । आफूलाई जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु
मरेपछि पादरीले स्वर्गमा पुर्याउने विश्वास गर्दै भाइरस सङक्रमण सारेको कोरिया सरकारको आरोप छ । राजधानी सियोलको स्थानीय सरकारले चर्चका संस्थापक म्यान ही र अरु ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको बीबीसीले जनाएकाे छ । अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणबाट २२ जनाको ज्यान गएको छ भने ३ हजार ७ सय ३६ जनामा संक्रमण भएको बीबीसीले जनाएको छ ।
दक्षिण कोरियामा सङ्क्रमितको संख्या हरेक घण्टा बढिरहेको कोरियाली सञ्चार माध्ययमले जनाएका छन् । अहिले चीनपछि दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको अवस्था सबैभन्दा खराब रहेकाे छ ।यसैबीच कोरोना सङ्क्रमणबाट संसारभर ज्यान गुमाउनेको संख्या तीन हजार ५३ पुगेको छ ।
संसारभर ८९ हजारभन्दा धेरै काेराेना संक्रमित भएका छन् भने ४५ हजार १ सय ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण ६५ भन्दा धेरै देशमा फैलिसकेकाे छ भने विश्व स्वास्थ्य संगठनले विश्वव्यापी समस्या ल्याएको भन्दै उच्च सतर्कता अपनाउन विश्वका सबै देशलाई अनुरोध गरेको छ । ujyallo.com