कोरिया खबर
‘आफन्तको स्वागत र बिदाई गर्न त्रिभुवन विमानस्थलमा नआउनू’
- by siddhartha@post
- 3 years ago
- 0 comments

काठमाडौं : नेपाल नागरिक उड्ययन प्राधिकरणले आफन्तको स्वागत र बिदाईका लागि त्रिभुवन विमानस्थलमा नआउन सर्वसाधारणलाई अपिल गरेको छ। सोमबार लागि त्रिभुवन विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो अपिल गरेको हो। चीनबाट गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसले महामारीको रूप लिँदै
विश्वका ६५ देशमा पुगेपछि प्राधिकरणले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सजगता अपनाउँदै यस्तो भनेको हो। प्राधिकरणले स्वागत र बिदाईमा नआउन अपिल गर्दै यदि अत्यावश्यक काममा विमानस्थल छिर्नुपरेमा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ।
कोरोनाको जोखिमबाट बच्न विमानस्थल कार्यालयले यात्रुको सुविधाका लागि प्रदान गर्दै आएको भिजिटर पासलाई बन्द गरिएको जानकारी महाप्रबन्धक देवेन्द्र केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ।