कोरियाले घोषणा गर्यो कोरोना विरुद्द युद्ध, २५ अर्ब डलर बजेट
- by siddhartha@post
- 4 years ago
- 0 comments

दक्षिण कोरियाले कोभिड-१९ विरूद्ध युद्धको घोषणा गरेको छ। राष्ट्रपति मुन जे इनले मंगलबार देश कोरोनाभाइरसविरूद्ध युद्धमा गइसकेको बताए।
सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको छ। योसँगै कोरियामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्यामा ४ हजार ८ सय १२ जना पुगेको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन्।राष्ट्रपति मुनले भाइरसविरूद्धको
लडाइँमा २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको जानकारी दिए।
योन्हाप न्युज एजेन्सीका अनुसार राष्ट्रपति मुनले सबै सरकारी कार्यालयलाई २४ घन्टे आकस्मिक कक्ष बनाउन निर्देशन दिएका छन्। मुनले कोरिनाविरूद्धको लडाइँ यसअघि नै गम्भीर मोडमा पुगिसकेको बताएका थिए।कोरियाको थेगु सहर कोभिड-१९ को उद्गम बनेको छ। सुरूमा त्यहाँको एक चर्चबाट भाइरस फैलिएको थियो। अहिले संक्रमित भएकाहरूमध्ये ६० प्रतिशत सोही चर्चमा जानेहरू रहेको बताइएको छ।
यसैबीच कोभिड-१९ भाइरस फैलाएको आरोपमा थेगुको सिन्चियोन्जी चर्च अफ जिससका नेतालाई हत्या अभियोगमा अनुसन्धान थालिएको छ।सउलको सरकारले संक्रमण रोक्न समन्वय गरौंभन्दा अस्वीकार गरेको भन्दै ८८ वर्षीय ली म्यान हीविरूद्ध नागरिकको हत्या गरेको अभियोगमा अनुसन्धान गर्न मुद्दा हालेको हो।हीले स्थापना गरेको उक्त चर्चका अहिले कोरियाभरि शाखा छन्। तिनैमध्ये थेगु सहरमा रहेको शाखाबाट कोरियामा कोभिड-१९ को संक्रमण फैलिएको हो।setopati