कोरिया खबर

कोरियन नागरिकलाई ७८ देशमा प्रवेश बन्द

सोल-कोरोना संक्रमणको तीब्र चपेटामा परेको कोरियासँग हाल विश्वका ७८ देशहरुले आवतजावतमा प्रतिबन्ध लगाएका छन् ।कोरियाली परराष्ट्र मन्त्रालयले हालै जनाए अनुसार उनीहरुले आफ्नो देशमा कोरोना संक्रमण सर्न सक्ने तथ्यलाई मध्यनजर गर्दै कोरियालीहरु तथा कोरियाको मार्ग प्रयोग गरेर हुने सम्पूर्ण भ्रमणलाई बन्द गराएका छन् ।

कोरियाली परराष्ट्र मन्त्रालयका अनुसार आइतवार बेलुका सम्म एङ्गोलाले पछिल्लो पटक कोरियासँगको अवागमन तथा प्रस्थानलाई बन्द गराएको हो । यो सँगै कोरियालाई ७८ देश जान प्रतिवन्ध लागेको छ ।नाइजेरियाको सरकारले भने कोरियाबाट आफ्नो देश भ्रमणमा आउने कुनै पनि नागरिकहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेको छ ।

स्मरण रहोस्, कोरियाली रोग नियन्त्रण केन्द्रले सोमवार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५१८६ नाघेको छ ।यस सँगै कोरियाली सरकारले देशभरका विद्यालयहरु मार्च २३ सम्मका लागि बन्द गर्ने निर्णय समेत गरेको छ । हाल सम्म कोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ जसमा केही अन्य रोगहरुबाट समेत ग्रस्त रहेका छन् ।

कोरियामा हालसम्म फेला परेका संक्रमितहरु मध्ये करिव ५७ प्रतिशत थेगु शहर स्थित सिजिओञ्ची चर्च आसपासको क्षेत्रबाट रहेका छन् भने अन्यहरु भने सिओल, ग्योङसाङ, चिओन लगायतका शहरहरुबाट रहेका छन् ।

Author Since: Dec 06, 2019

Related Post