कोरिया खबर

कोरोना संक्रमित पत्ता लगाउन क्रेडिट कार्डको सहयोग

सोल-हाल कोरियाली स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमितहरुले भ्रमण गरेका स्थान पत्ता लगाउन उनीहरुले प्रयोग गर्ने गरेको क्रेडिट कार्डको साहायता लिन थालेका छन् ।संक्रमितहरुले भ्रमण गरेको स्थान पत्ता लगाई सो स्थानलाई सरसफाई गराउन तथा शकास्पद क्षेत्रका मानिसहरुको स्वास्थ्य जाँच्न यो एउटा महत्वपुर्ण उपाय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

क्रेडिट कार्ड प्रयोग गर्ने मानिसहरुको बारेमा जानकारी लिन सहज भएता पनि ज्येष्ठ नागरिकहरुको हकमा भने त्यो सम्भव नरहेको पनि स्वास्थ्यकर्मीहरुले बताएका छन् ।उनीहरुले नगदमा कारोबार गर्ने हुँदा उनीहरुको सो क्षेत्रमा पहुँच कम भएका कारण त्यस्ता ब्यक्तिहरुबाट फैलिएको रोगबारे यकिन जानकारी लिन गाह्रो भएको बताएका छन् ।

रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार हाल स्वास्थ्यकर्मीहरुले संक्रमितहरु पत्ता लगाउन क्रेडिट कार्ड, सिसि टिभी क्यामरा तथा मोवाइल ट्र्याकिङ्ग गरिरहेको भएता पनि सबै भन्दा उत्तम तथा सफल उपाय भनेको क्रेडिट कार्ड नै रहेको छ ।यसबाट को मानिस कुन समयमा कहाँ र कता छ भन्ने बारे पुर्ण जानकारी लिन सकिने समेत केन्द्रले जनाएको छ ।हटपाटीबाट

Author Since: Dec 06, 2019

Related Post