कोरियाको प्रति व्यक्ति आय पछिल्लो ४ बर्षकै न्युन
- by siddhartha@post
- 4 years ago
- 0 comments

सोल-बैङ्क अफ कोरियाले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरियाको प्रति व्यक्ति आय विगत ४ बर्षमा पहिलो पटक खस्केको छ ।विश्वव्यापी आर्थिक मन्दी तथा बैदेशिक व्यापारमा आएको ह्रासका कारण देशको कुल गाह्रस्थ उत्पादन समेत घटेको बैङ्कले जनाएको छ ।कोरियाको प्रति व्यक्ति आय सन् २०१८ को भन्दा ४.१ प्रतिशतले घटेर हाल
३२ हजार ४७ अमेरिकी डलरमा झरेको छ ।कर्पोरेट आर्जन तथा अमेरिका तथा चीन बिचको व्यापार युद्धका कारण आफ्नो देशको अर्थतन्त्रमा समेत असर परेको बैङ्कले जनाएको छ ।हाल विश्वभर फैलिएको कोरोनाका कारण सन् २०२० मा आर्थिक बृद्धिदर पनि खस्कने तथा प्रति व्यक्ति आय समेत ३० हजार अमेरिकी डलर भन्दा कम हुने बैङ्कले जनाएको छ ।
कोरोना भाइरसका कारण हाल स्थानीय अर्थतन्त्रमा नराम्रो धक्का पुगेको भन्दै अर्थविदहरुले कोरियाली अर्थतन्त्रका लागी सन् २०२० प्रतिकुल रहने समेत औँल्याएका छन् ।बैदेशिक ब्यापारमा आएको व्यापक गिरावट, अन्य देशहरुमा भएका राजनैतिक तथा सामाजिक परिवर्तनहरु र अन्य विभिद कारणले कोरियाली अर्थतन्त्रमा असर गरेको तथा यहाँको कुल गाह्रस्थ उत्पादन नथा प्रति व्यक्ति आय समेत घटेको अर्थविद्हरुले बताएका छन् ।हटपाटी