भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलदै, संक्रमितको संख्या २८ पुग्यो, नेपाल खतरामा !
- by siddhartha@post
- 4 years ago
- 0 comments

कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ ।बुधबार अपरान्हसम्म भारतमा कोरोना भाइरस कोविड–१९ संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ । संक्रमित मध्ये १६ जना इटालियन नागरिक रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।गत साता भारतको राजस्थान घुमेर फर्किएका एक इटालियन नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको र
त्यसपछि क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार कोरोना भाइरसको संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।इटालीका पर्यटकहरुलाई घुमाउने बसका ड्राइभरलाई समेत कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ ।
यसैगरी आग्रामा एक व्यक्तिले आफ्ना परिवारका ६ जनामा कोरोना भाइरसको संक्रमण सारेको पुष्टि भएको छ ।इटालीबाट आएका ती व्यक्तिले आफ्ना परिवारका ६ जनामा भाइरसको संक्रमण सारेको पनि उल्लेख गरिएको छ ।