बिचार/ब्लग

मुगुङहवा मा भेटिएकी ति सुन्दर यूवतीलाई फेरी भेटन पाए..

कोरियन हरुको सबैभन्दा ठुलो छुसक (주석) पर्व चलिरहेको छ। आज छुसकको मुख्य दिन हो।करिब २ महिनाको लगातार काम पछि मुस्किलले एकदिन बिदा मिलाउन सकेको थिए।यो पर्वमा प्रायः सबै जनासाथिभाईको बिदा हुन्छ।साथिभाई आफन्त सङ्ग भेट नभएको लामो समय भैसकेको छ।एउटै देशमा भएतापनि सबैजना एकसाथ भेट्न यस्तै मौका मिल्नु पर्ने हुन्छ।

तसर्थ पनि यो बिदा लाई भरपुर सदुपयोग गर्ने मनस्थिति बनाएको छु।केहि साथिभाई सङ्ग योजना बनाएर म काम गर्ने ठाउबाट निस्कदैछु।यो बिदाको सन्दर्भ पारेर विभिन्न नेपालि कार्यक्रम हरु आयोजना भएका छन। आज म एउटा अनौपचारिक कार्यक्रम तथा भेटघाट्मा राति निकै अबेर सम्म बसे। करिब ४ बजे बिहान सुतेका हामि कोहि अझै सुत्दैछन कोहि आआफ्नो कार्यमा निस्कदैछ्न्।म पनि निस्केर हिडे।आज पनि भेटघाट तथा साङ्गतिक कार्यक्रममा जाने योजना छन्। म भोलि देखि नै काममा जानु पर्ने भएकोले धेरै समय भुल्न समय अभाव छ। त्यसैले केहि काम पुरा त केहि योजना आधा मात्र पुरा गरेर म फर्कनु पर्ने मेरो बाध्यता बन्यो।

म साझको करिब ६:३० बजेतिर दोङ्देमुन बाट योङ्सान जाने ट्रेन चडे अनि करिब ७:०० बजे तिर योङ्सान आइपुगेर आफ्नो गन्तव्य येसान जाने ट्रेनको टिकट काटे।तर दुर्भाग्य ट्रेनमा सिटको अभावको कारण ८:३९ बजेको मुगुङ्ह्वा १५६७ (ट्रेन) को मात्रै टिकट पाए। अब डेढ घण्टा जति एक्लै ट्रेन कुरेरको विकल्प भएन मसङ्ग्।म यात्रु प्रतिक्षालयमा एक्लै बसिरहेको छु। मनमा अनेक कुरा खेलाउदै बस्दै छु। हजारौ यात्रु आआफ्नै सुरमा आउने जाने क्रम निरन्तर चलेको छ। मान्छेहरुको हतारता देखेर आध्यात्मिक भएको छु म ।

सोच्दैछु गन्तव्य त सबैको चिता सम्म नै त हो तरपनि कत्रो मायामोह मा फसेको छ दुनियाँ । शायदै कसैले चाहन्छ होला मृत्यु छिट्टै प्राप्त होस तरपनि हरेक लाई सदैव हतार छ।जब मेरो आखा अगाडि कोहि देखिन्छ तब मेरो ध्यान भङ्ग भयो।ट्रेन कुरेर बसेको आधा घण्टा जति भयो होला । उ टक्क स्टेशनमा देखा परि जसलाई देख्न त मैले जिवनमैपहिलोपल्ट आज देखेको छु । तरपनि उ अपरिचित भनेर भन्न यो मनले मानेन।यस्तो लागिरहेको छ उ बर्षौदेखि मसङ्गै भएकि मान्छे हो जसलाई हरेक पल आखा अगाडी राखेको छु। अनि जसलाई हेरेर म कहिल्यै अघाउदिन जतिबेला भेट्दा पनि इश्वरले शृष्टि गरेको अद्भुत कला पहिलो पल्ट हेरेर लठ्ठिएको भान हुन्छ्। उ र म कुनै एउटै बस्तुका आधा आधा अन्श हौ जो एक अर्काको अभावमा अस्तित्व बिहिन थिए तर अब दुवै अन्श मिलेर एउटा पुर्ण रुप तयार हुदैछ्।उसको तारिफ गर्ने शब्दको खोजिमा म तल्लिन छु।तर उसको बयान गर्न शब्दकोशका कुनै शब्द पनि लायक देखेको छैन। उस्को बयान गर्न शब्द वा आवाजको विकल्प के होला सोच्दैछु।यत्तिकैमा मेरो छेवैमा कोहि आएर बसेको चाल पाउछु र यस्सो आखा घुमाएर हेर्छु। त्यहा उहि आएर बसेकि हुन्छे।

जसको कल्पनामा डुबेर म आफैमा गदगद थिए उसैलाई आफ्नो छेवैमा पाएको थिए अनि घरी घरी आखा जुधेका छन्। शायद यहि एक पल हो जस्ले हजारौ जन्म जिए बराबरको अनुभुति दिलाउछ्। दुवैको हातमा मोबाईल त छन तर मन एक अर्कामा रमाईरहेका छन। आखा हरु पनि बेला बेलामा सम्वाद गरिरहेका छन्। दुवै जना मौन छौ तर पनि आखा र मनले चर्को चर्को स्वरमा हल्ला गरिरहेछन। केहि समय यस्तै चलिरहदा उसलाई शायद असह्य भयो अनि उ त्यहा बाट उठेर हिडि।मलाई लाग्यो उ केहि समय पछि उ पुनः आउनेछ तर उ आइन। अनि मलाई छट्पटि भयो र उठेर आखाले दायाबाया उसलाई खोजे तर त्यहा वरिपरि उस्लाई देखिन्। निरास हुदै म ट्रेन चड्ने ठाउतर्फ जादैछु। एल्लिभेटर बाटनिस्कदा आखा अगाडि उ देखा परि। उ केहि पर थिई म सङ्ग आखा जुधेपछि म भएतिरै आउछे।करिब १ मिटर जति पर भएको पिलरमा आड लागेर बसि। एक मनले यतिबेला सम्म आखा झुध्नु सम्योग पनि हुनसक्छ भन्ने सोचेको मलाई अब सम्योग मात्र होइन अरु नि केहि हो भन्ने आभास भएको छ्। बोल्न मुख खोल्नै आटेको म उसको कानमा इअरफोन देखेर रोकिए। निकै ठुलो हिम्मत जुटाएर बोल्नै लाग्दा असफल भएपछि म त्यहाँ बस्न नसकि त्यहाबाट हिडि अलि पर आई बसेको हुन्छु।

अब उसको बारेमा नसोच्ने प्रण गरेर बसेको छु तर पनि मनले त किन मान्थ्यो र? उसकै कल्पनामा हराईरको छु। यत्तिकैमा ट्रेन आयो अनि म मेरो टिकट अनुसारको ४ न: डब्बामा छिरे। अनि बस्ने सिटको टिकट नभएको हुदा यो डब्बाको सिट जो जता बसे पनि हुने रहेछ्। म देब्रे तिरको सिट्मा बसे अनि झोला राख्दैथे फेरि उ त्यहि देखिई। फेरि हाम्रा आखाले वार्तालाप सुरु गरिसके मनहरु बेचैन भएका छ्न्। म बसेकै दिशामा केहि पर बसेकि उ मोबाईल को चार्जर बोकेर म बसेको सिट माथिको पोर्ट हेर्दै मुस्काउदै आउदैछे । दुर्भाग्य एकजना अपरिचित नेपालीले हजुर नेपाली हो भन्दै मेरै छेउमा आएर बस्छ। उ हाम्रो अगाडि उभिईराखेकि भएपनि हाम्रो दोहोरो वार्तालाप सुनेर पारिको सिट्मा गएर बसि। मेरो मुटु भएको दिशाको सिट खालि नै छ तर पनि उ पारिको सिट्मा बसि। अब फेरि हाम्रा आखाहरु आमनेसामने भएर हल्ला मच्याएका छन। मुख खोलेर आवज निकाल्न दुवैले सकेका छैनौ तरपनि हाम्रो मौन भलाकुसारी झनझन चाखिलो बनेको छ्। कति छिट्टै सुवन आईपुगियो अनि त्यो नेपाली साथि झर्दैछ। तर बिड्म्बना अहिले सबै सिटहरु प्याक छन्। उ पहिले सिट खालि भएपनि नबसेकोमा पश्चात्ताप गरेकि जस्तो देखिएकि छे भने मपनि केहि मौकाहरु गुमाएकोमा।

न त दुईले एकाआपसमा एकै शब्द बोलेका छौ।तर मन्मन् र आखा आखाले सर्वस्व खोलेका छौ।सङ्गै हुने भविष्यका हजार सपना बुनेर एक्ला एक्लै,मौनता मै आ आफ्ना रहर चिता राखि पोलेका छौ।

यसरि हामिहरु आ आफै भित्र द्वन्द्वमा फसेका छौ। पर्वको समय भएकोले मान्छेहरुको भिड निरन्तर बडेको छ्। विस्तारै वातावरण प्रतिकुल बन्दै छ्।तरैपनि हाम्रो मौन सम्बाद्को क्रम निरन्तर छ।”मुगुङ्ह्वा १५६७” (रेल)छुकछुक छुकछुक गर्दै करिब २०० किमि प्रतिघण्टाको गतिमा कुदिरहेको छ्। हाम्रा मनहरु भने लाखौ माईलको रफ्तारमा सङसङ्गै दौडिरहेका छन तर आवाजबिहिन भएर । कतिबेला फेन्थेक, छनान , यसान लगाएतका स्टेशनहरु आएर कटिसकेछन मैले पत्तो नै पाईन । किनकि मैले भुलिसकेछु कि म मुगुङ्ह्वा १५६७ मा यात्रा को क्रममै छु। म त पहिल्यै उसको दिलको स्टेशन मा ओर्लिसकेर बसेको कल्पनामा बेहोस रहेछु। उ मुसुक्क हासेकि छे मैलाई हेरेर म त कस्सम के भए के भए ? वर्तमान स्थितिलाई शब्दद्वारा व्यक्त गर्नै सक्दिन्। अहिले झ्याप मुगुङ्ह्वा १५६७ रोकियो, उ उठेर हिडि।म झल्याँस्स बिउझेको छु। समय हेरेको त रातिको १०:४० भैसकेछ्। यसान आउने समय टिकटमा १०:२१ भएको याद आयो अनि म ओर्लेको छु।यसान भन्दा २ स्टेशन अगाडि आईसकेछु, आफैसङ्ग लज्जाबोध भएको छ्। छ्या यो मन पनि कस्तो फेरि उसैको खोजिमा आखा घुमाउन बाध्य पारेको छ। तर उ मेरो नजर मा देखिएकि छैन।

म भित्रभित्रै अत्तालिएको छु कतै उ अब नभेटिने, नदेखिने त होइन? एकै बचन पनि नबोलेकि उ प्रति किन यति मोहित छु होला ? के यो माया त हो त? पहिलो नजरमै प्रेम हुन्छ भन्थे कतै म त्यसैको शिकार त भइन? के उस्ले मैसङ्ग आखा जुधाएकि हो त? हो भने किन उ अचानक गायब भई? उ कुन देशकि नागरिकता धारि होलि? उसमा त्यस्तो के शक्ति छ वा ममा त्यस्तो के कमजोरी छ, जस्ले गर्दा उसको मौन मोहले कायल भएको छु? यस्तै अनेकन् प्रश्न जवाफ खोजिरहेछु म ।तर जवाफ कोसङ्ग माग्ने? मलाई किन आफ्नो गन्तव्य भन्दा अगाडि आएकोमा भन्दा उसलाई नदेखेकोमा बढि चित्त दुखेको होला? ओहो! उसको खोजिमा स्टेशन मा आफै पो हराएछु त। निराश हुदै बाहिर निस्कदै छु। यहा पनि उसकै खोजिमा आखा लागिपरेका छन, तर असफलताको रस मात्रै दिएका छन मलाई।

सास रहुन्जेल आश हुन्छ त भन्छन तर पनि मैले आशा मारिसके। म ट्याक्सि चडेर रुम तर्फ जादैछु। रुम सम्मै आउदा हरेक क्षण उसकै बारेमा सोचेर आईपुगे। शायद उ मुगुङ्ह्वा १५६७ बाट ओर्लेकै थिइन होला। ओर्लेको भए त स्टेशन मा देखिनुपर्ने नि? म ओर्ले तर उ मेरा हजार सपनाको अपहरण गरि टाढा गई ।मुगुङ्ह्वा १५६७ ले मेरा एक जन्म बराबरको कल्पनाको अपरणकारि बोकेर गयो। न उसलाई कुनै कानुनले कारवाहि गर्यो न मैले नै कसैलाई गुहार्न सके।
लेखन – प्रकाश न्यौपाने/ हाल कोरिया

Author Since: Dec 06, 2019

Related Post