
काठमाडौं-चीनले कोरोना भाइरस सँग लड्न बिज्ञानले गर्न सक्ने सबै उपाय अवलम्वन गर्ने जनाएको छ । हाल सोहि कोरोना विरुद्धको लडाईका लागि बैज्ञानिकहरु दिनरात लागि परिरहेका छन् ।उनीहरुको तयारी पुरा हुने बित्तिकै कोरोना विरुद्धको निर्णायक लडाई सुरु हुने चीनीया अधिकारीहरुले बताएका छन् ।कोरोना बारे सत्य भन्दा भ्रामक समाचार बढी आएको र अफवाह धेरै
फैलाईएको बताउदै निकट भविश्यमा नै यसको चिरफार गर्ने चिनिया उच्च अधिकारीले जानकारी दिएका छन् ।चिनिया राष्ट्रपति सि जिङ पिङ चिनका अनुसन्धान केन्द्रहरुको भ्रमण गरि उनीहरुलाई शशक्त अभियान चलाउन उत्प्रेरित गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।चिनिया बैज्ञानिकहरुका अनुसार हाल कोरोना बिरुद्धको लडाईका सकारात्मक किरणहरु देखा परिसकेको र आगामी अप्रिलसम्ममा एक ठोस लडाईमा उत्रन चिनिया बैज्ञानिकहरु सफल रहने छन् ।
हालसम्म पनि कोरोना भाईरसको संक्रमणको उपचार ननिस्किदा सर्वसाधारणहरुले भने बैज्ञानिकहरुको कामको गति माथि प्रश्न चिन्ह खडा गर्न थालेका छन् ।यता चिनिया बैज्ञानिकहरुले हालैका दिनहरुमा कोरोना नियन्त्रणको क्षेत्रमा जुन प्रकारको सफलता मिलिरहेको छ त्यसले सो रोग बिरुद्ध लड्न बैज्ञानिकहरुलाई हौसला प्रदान गरेको बताएका छन् । अबको निकट भविश्यमा नै कोरोना विरुद्ध निर्णायक लडाई सुरु हुने पनि उनीहरुले बताए ।