कोरिया खबर

कोरियामा कोरोना भाइरसको प्रकोप : उपचार पश्चात निको हुनेको संख्या पनि ह्वातै बढ्यो

किशन गौतम /कोरिया ,दक्षिण कोरियामा महामारीको रुप लिएको कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या दैनिक रुपमा बढेको छ । कोरिया रोग नियन्त्रण केन्द्रले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार बिहिबार साँझ सम्म भाइरस संक्रमितको संख्या ६ हजार ८८ पुगेको छ ।

यधपी भाइरस संक्रमणको प्रकोप बढेतापनि उपचार पश्चात निको भै घर फर्किनेको संख्यामा समेत बृद्वी भएको छ ।केहि केहिदीन देखि स्थिर जस्तै रहेको निको हुनेको संख्या बिहिबार ह्वातै बढेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ ।बिहिबार मात्र ४७ जना सफल उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल सम्म दक्षिण कोरियामा कोरोना भाइरस निको भै अस्पताल बाट डिस्चार्ज हुनेको संख्या ८८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४२ छ ।उक्त भाइरस बाट मृत्यु हुनेमा अधिकांस बृद्व उमेरका तथा दिर्घ रोगि रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
कोरियन अनलाइनको सहयोगमा हेल्लो नेपाल कोरिया डटकममा प्रकाशित

Author Since: Dec 06, 2019

Related Post