कोरिया खबर

दक्षिण कोरियालाई किम जोङ्ग उन को दुर्लभ पत्र – ‘कोरोनासँग लड्न सघाउछु’

सोल-उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईन लाई व्यक्तिगत रुपमा पत्राचार गरि दक्षिण कोरियाले हाल सामना गरिरहेको कोरोना भाइरसको संकटलाई समाधान गर्न जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।उत्तर कोरियाली नेता उनले पत्र मार्फत दक्षिण कोरियामा रहेका कोरोना संक्रमितहरुको

शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दक्षिण कोरियाको कोरोना विरुद्धको लडाइमा उत्तरले सक्दो सहयोग गर्ने पनि बताएका हुन् ।उनले मुनको स्वास्थ्य स्थिति बारे पनि चासो लिएको समाचारमा जनाइएको छ ।जवाफमा मुनले उनलाई पत्र तथा सहयोगको भावनाको मुक्तकण्ठले प्रशंशा समेत गरेका छन् ।

उत्तर र दक्षिण विच विरलै मात्र पत्र आदान प्रदान हुने गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरसका कारण ६ हजार बढी संक्रमित भए पश्चात उत्तरले यसरि पत्राचार मार्फत सान्त्वना दिनुलाई नयाँ तथा सकारात्मक तरिकाले हेरिएको छ।उता उत्तर कोरियामा भने हालसम्म कोरोना संक्रमणका कुनै विरामी नपाइएको बताइएको छ । यद्यपी उत्तर कोरियाले आफ्नो देशमा कोरोना छिर्न नदिन शशक्त अभियान चलाइरहेको समाचारहरुमा बताइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुनले आफ्नो स्वतन्त्रता दिवस मनाउने सन्दर्भमा उत्तर कोरियासँग स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्ने चाहाना देखाए पनि प्योङयाङले त्यस विषयमा कुनै प्रतिकृया नदिएको समेत समाचारमा जनाइएको छ ।यस अघि किमले मुनकि आमाको निधनमा अक्टोवर २०१९ मा समवेदना पत्र पठाएका थिए ।हटपाटीको सहयोगमा

Author Since: Dec 06, 2019

Related Post