कोरिया खबर

कोरियामा कोरोना भाईरसको कारण अबैधानिक कामदारहरु भाग्न थाले !

सोल-कोरियामा दिनानुदिन कोरोना भाइरसको संक्रमण बढ्दै गए पश्चात गैर कानुनी रुपमा कोरिया बसोबास गरिरहेका आप्रवासी कामदारहरु कोरिया छोडेर भाग्न थालेका छन् ।यसरि कोरिया छाडेर भाग्नेहरुमा चिनियाहरु धेरै रहेको समाचारमा जनाइएको छ ।कोरियाली सरकारले कोरोना संक्रमण सूचक रातो तहमा पुगेको सूचना सार्वजनिक गरे यता

कोरिया छाडेर भाग्न चाहाने मानिसहरुको संख्या पहिलेको तुलनामा तीन गुणा बढेको छ ।यो तथ्याङ्क कोरियाको जिजु आइल्यान्डको फेब्रुअरी २३ तारिख पछाडीको हो ।जिजु इमिग्रेसन अधिकारीहरुका अनुसार त्यसरि भाग्न खोज्नेहरुलाई कोरियाली न्याय मन्त्रालयले जरिमाना तथा भविष्यमा कोरियामा बस्न अयोग्य ठहर गर्दै स्वदेश पठाउने गरेको छ ।

यसरि घर फर्कने आप्रवासीहरुलाई लिन हाल चीनको यौटा मात्र जाहाज जिजु आइल्याण्ड जाने गर्दछ । हालसम्म यसरि घर जान चाहानेहरुको संख्या १० हजारको हाराहारीमा रहेको छ ।हटपाटीको सहयोगमा

Author Since: Dec 06, 2019

Related Post