कोरिया खबर

कोरिया जाने र फर्कनेलाई कडाइ

काठमाडौं -दक्षिण कोरिया, जापान लगायत कोरोना भाइरस संक्रमित देशबाट आउने जानेलाई सरकारले कडा निगरानी राखेको समाचार कारोबार दैनिकले छापेको छ ।

समाचार अनुसार सरकारले कोरिया ,जापान ,चीन लगायत केहि देशबाट नेपाल आउने नेपालीलाई समेत होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ ।कोरोना भैरसको रोकथाम ,नियन्त्रण र सजगता अपनाउन सरकारले यस्ता श्रम गन्तब्यबाट आउने नेपालीलाई थप निगरानीमा राखेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित देशका विदेशस्थित आफ्नो नियोगलाई पत्राचार गरेर स्वदेश फर्कने नेपालीलाई थप निगरानीमा राखिने जनाएको छ ।

Author Since: Dec 06, 2019

Related Post