News

कोरियाबाट जापान जाने सबैलाई क्वारेन्टाईनमा राखिने !

टोकियो । जापानमा कोरोना भाइरसको संक्रमण बढ्दो छ र यसलाई नियन्त्रण गर्न जापान सरकारले सक्दो प्रयास गरिरहेको छ ।बिहीबार सरकारले क्वारेन्टाइन कानून अनुसार निर्णय गर्दै चीन र दक्षिण कोरियाबाट आएका सबैलाई चिकित्सा सुविधा भएको ठाउमा रोक्ने वा दुई हप्ताका लागि सरकारले तोकेको स्थानमा आइसोलेसनमा राखेर मात्रै

जापान छिर्न दिने तयारी गरिएको बताइएको छ ।कोरोना भाइरसको संक्रमण थप नफैलिओस् भन्नका लागि केहि समयको लागि चीन र दक्षिण कोरियाका नागरिकहरुलाई भिसा दिन बन्द गर्ने र त्यहाँबाट जापान घुम्न आउने पर्यटकहरुलाई रोक्ने तयारी गरेको योमिउरी सिन्बुनले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

हाल चीन र दक्षिण कोरियाबाट नारिता तथा कान्साई अन्तर्राष्ट्रिय विमानस्थलहरूको उडान सीमित बनाइएको छ । हवाईसंगै चीन र दक्षिण कोरियाबाट आउने पर्यटकहरुका लागि पानीजहाजमार्फत गरिने यात्रा पनि केही समयका लागि बन्द गरिने भएको छ ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले आज बेलुकासम्ममा चीन र दक्षिण कोरियाबाट आएका सबैलाई रोकेर क्वारेन्टाइन राख्नको लागि अधिकारिक जानकारी दिनेछन् ।

Author Since: Dec 06, 2019

Related Post