कोरिया खबर

जापानले १७ हजार कोरियाली नागरिकको भिषा रद्द गर्ने !

टोकियो । जापानलाई कोरोना भाइरसबाट जोगाउनको लागि जापानका परराष्ट्र मन्त्रालयले सोमबारबाट २८ लाख चिनिया नागरिक र १७ हजार दक्षिण कोरियालीको भिषा रद्द गर्ने निर्णय लिएको छ ।जापान सरकारले जापानको बिभिन्न ठाउमा कोरोना भाइरसको संक्रमण बढ्दो देखे पछि यस्तो निर्णय लिएको हो ।चीन र दक्षिण कोरियाका नागरिक सँगसँगै

सोमबारबाट हङकङ र मकाउका नागरिकहरुको पनि भिषा रद्द गरिने परराष्ट्र मन्त्री तोसिमीचु मोतेगीले बताएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार भिसाा पाएर जापान आइसकेका चीन र दक्षिण कोरियाका नागरिकहरुको भिसा भने रद्द गरिने छैन तर सोहि भिषामा आफ्नो देश फर्केर गएपछि फेरि जापान छिर्न नपाउने बनाइनेछ ।

चीन र दक्षिण कोरियाका नागरिकलाई प्रवेश नदिने र प्रवेश गरेपश्चातपनि कम्तिमा १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने जापान सरकारको निर्णय आएसंगै दक्षिण कोरियाले यसलाई ‘अनुचित’ र ‘अवैज्ञानिक’ निर्णयको संज्ञा दिंदै आलोचना गरेको छ ।

जापान सरकारले यही मार्च ९ तारिकबाट मार्चको अन्तिमसम्ममा चीन र दक्षिण कोरियाबाट आएका सबैलाई दुई हप्ता क्वारिन्टिनमा राख्ने र मार्च ७ गतेदेखिनै दक्षिण कोरिया र इरानको उच्च संक्रमण रहेको ठाउँबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गर्ने निर्णय लिएको हो ।

स्वास्थ्य मन्त्री खाचुनोबु कातोले प्रत्रकारहरुलाई दिएको जानकारी अनुसार चीन र दक्षिण कोरियाबाट आएका बिदेशी नागरिकहरुलाई होटलमा र जापानी नागरिकहरुलाई आफ्नै घरमा राखिने छ । बसोबास र यात्राको खर्च सबै आफैले तिर्नुपर्ने छ ।

Author Since: Dec 06, 2019

Related Post