कोरियामा विवादास्पद शिन्चेओन्जी चर्चले घोषणा गरेको १२ बिलियन वोन सहयोग रकम सरकार द्वारा अस्विकार
- by siddhartha@post
- 2 years ago
- 0 comments

दक्षिण कोरियामा कोरोना भाइरस बिरुद्वको लडाइमा शिन्चेओन्जी चर्चले घोषणा गरेको १२ बिलियन वोन सरकारले नलिने भएको छ ।धार्मिक अन्धविश्वासका कारण कोरोना भाइरसको महामारी फैलाएको आरोपमा बिबादमा तानिएको उक्त चर्चले बिहिबार कोरोना बिरुद्वको लडाईमा पूर्ण सहयोग गर्ने प्रतिबद्वता सहित सरकारलाई १२ बिलियन कोरियन वोन अर्थात १० .१ मिलियन अमेरिकी डलर दिने घोषणा गरेको थियो ।
चर्चले उक्त रकम मध्ये १० बिलियन वोन थेगु स्थानीय सरकार तथा २ बिलियन वोन सियोल केन्द्रीय सरकारलाई दिने निर्णय गरेको भएतापनि कोरिया सरकारले भने उक्त रकम स्वीकार नगर्ने बताइएको छ ।यसैबीच थेगु मेयर क्वाओंन योंङ्- जिन ले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा भने
“शिन्चेओन्जी चर्चले यो बेला कोरोना बिरुद्वको लडाइमा सरकारलाइ सहयोग गर्नु पर्दछ तर पैसा दिएर होइन” उनले उक्त रकम स्वीकार्य नहुने पनि स्पस्ट पारे।शिन्चेओन्जीका सदस्यहरुले अझैपनि कोरोना भाइरस चेक गराई उपचार गराउन इन्कार गरिरहेको उनको दावी थियो ।
कोरियामा ३ लाख को हाराहारीमा धार्मिक सदस्य रहेको उक्त चर्चले एक आफसमा कोरोना भाइरस सारी महामारी निम्त्याएको आरोप लाग्दै आएको छ ।भाइरस संक्रमणको आशंका गरिएका हजारौ सदस्यहरु अझैपनि सम्पर्कमा आएका छैनन् ।
भाइरस संक्रमण निम्त्याएकोमा गल्ति स्वीकार्दै शिन्चेओन्जी प्रमुख ली म्यान हि ले सार्बजनिक रुपमा माफी समेत मागिसकेका छन ।यो खबर हेल्लो नेपाल कोरिया डटकममा किशन गौतमले लेखेका हुन।