कोरिया खबर

आफुले काम गरेको समेत तलब पाउदैनन कोरियामा विदेशी कामदारहरु !

गुरुदत्त न्यौपाने / दक्षिण कोरिया , दक्षिण कोरियाको ख्वाङ्जु क्षेत्रमा काम गर्ने कामदारहरु मध्य ४ जनामा एक जनाको दरले आफ्नो नियमित तलब नपाउने गरेको गुनासो ब्यक्त गरेका छन ।त्यस क्षेत्रका विदेशी कामदारहरुले रोजगारदाता हरु प्रति असन्तुस्टी जनाएका थिय।गत बुधबार सार्वजनिक गरिएको उक्त सर्वेक्षणको रिजल्टमा हरेक ४ जना कामदार मध्य १ जना कामदारले तलब नपाएको बताएका थिय।

गत मार्च देखी अक्टोवरको अन्तरालमा ख्वाङ्जुको स्थानिय सरकारले १२ वटा देशका ३६९ जना विदेशी कामदारहरु मध्य २४.७ प्रतिशतले आफुले आफ्नो तलब पाउन पनि सङ्घर्ष गरिरहेको बताएका छन ।जसमध्य सबैभन्दा धेरै ३३.३ प्रतिशत अबैधानिक कामदारहरु रहेका छन भने २३.८ प्रतिशत बैधानिक भिषामा कार्यरत रहेका छन।

उनिहरुलाई “कसरी समस्या समाधान गरेका छौ?” भनेर सोधिएको प्रश्नमा ६८.२ प्रतिशत कामदारले आफुहरु कम्पनी नै छोडेका बताएका थिय भने ३१.८ प्रतिशतले आफुहरु केही गर्न नसकेको बताए।जम्मा ३६९ जना मध्य ५४.५ प्रतिशतले आफुहरु रोजगारदाता तथा कोरियन सहकर्मी कामदारहरुले शारीरिक तथा मानसिक तनाब दिने गरेको बताए जसमध्ये ५६.८ प्रतिशत पुरुष कामदार रहेका थिय भने ४८ प्रतिशत महिला कामदार थिय।

कोरिया रोजगार सुचना केन्द्रका अनुसार छल्लानाम्दो प्रान्तमा कामगर्ने विदेशीको सङ्ख्या करिब १४,००० जना रहेको छ।जसमध्य उत्पादनमुलक क्षेत्रमा ८४०० जना,कृषी तथा पशुपालनमा २२९० जना, मत्स्य ब्यबसायमा २९८६ जना,निर्माण क्षेत्रमा ६९३ जना र सेवामुलक क्षेत्रमा १०४ जना रहेका छन।

देशको आर्थिक अवश्थाको आधारमा कोरियनले विदेशीहरुमाथी भेदभाव गर्छन – एक अध्ययन

कोरियामा बस्ने विदेशी नागरिकहरुलाई उनिहरुको मुल देशको अवस्थाको आधारमा सउलका कोरियन बासिन्दाहरुले भेदभाव गर्ने एक अध्ययनले बताएको छ।गत सेप्टेम्बरमा सउलमा बस्ने करिब २५०० विदेशीहरु माथी गरिएको सर्वेक्षणमा उनिहरुले सउलमा अझैपनि देशको अवश्था हेरेर उनिहरुलाई भेदभाव तथा घृणा गर्ने प्रथा कायम रहेको बताएका छन।२५०० मध्य केहीले सउलमा पहिले भन्दा सुधार भएको भनियपनी अधिकाँशले अझैपनी आफुहरु दृव्यबहारको शिकार हुनुपरेको बताए।

उक्त सर्वेक्षण अनुसार ५७.३ प्रतिशतले आफुहरु गरिव देशकै भएका कारण दृर्व्यबहार हुनुपरेको बताए,त्यसैगरी ४१.५ प्रतिशतले आफु कोरियन भाषामा कमजोर भएका कारण,२३.९ प्रतिशतले आफुहरुको आर्थिक अबस्थाको कारण,१६.६ प्रतिशतले आफ्नो कामको कारण,१५.६ प्रतिशतले आफ्नो छालाको रङको कारण,१.१ प्रतिशतले आफ्नो धर्मको कारण दुर्व्यबहारको शिकार हुनुपरेको बताएका थिय।

कोरियाको गुणस्तरिय जिवन कस्तो छ? भनेर उनिहरुमाथी केही शिर्षक राखेर सोधिएको थियो।कुल १० नम्बर दिईएकोमा उनिहरुबाट प्राप्त उत्तरका आधारमा अौषत ६.८९ नम्बर आएको थियो।जुन अघिल्लो बर्षभन्दा ०.०३ नम्बरले बढी हो।उनिहरु कोरियाको बसोबासको वातावरण संग सबैभन्दा सन्तुस्ट रहेको बताएका थिय।त्यसैगरी सामाजिक सुरक्षा, आर्थिक वातावरण र सामाजिक कल्याणकारी कामहरु बाट प्रभावित रहेको बताए।

लगभग आधा ४९.३ प्रतिशतले आफुहरु सउलमा बस्न थालेपछी कोरियनले हर्ने नजर केही परिवर्तन भएको बताए भने ४५ प्रतिशतले भने उनिहरुको ब्यबहार उस्तै रहेको बताए।कोरियाको बसाई सन्तुस्ट मान्नेहरुले भने “हामी कोरियाको सामाजिक सुरक्षा,आवाशिय वातावरण,आर्थिक वातावरण,चु्स्त प्रशशनिक काम प्रति सन्तुस्ट छौँ ।”त्यसैगरी ५.६ प्रतिशतले कोरियनहरुको ब्यबहार,बोल्ने शैली राम्रो नभएको,भेदभाव तथा घृणा गर्ने गरेको बताए ।

उनिहरुबाटै ३९ प्रतिशतले आफुहरु कोरियामा तनाबको शिकार भएको बताए।जसमा आफ्नो आर्थिक अबस्थाको कारण(४६.२%) ,लगातार लामो समयसम्म को कामको प्रेशरको र पढाईको तनाब (२८.७%) ,कक्षाका साथीहरु संगको बेमेल (१८.५%) का करणहरु रहेका थिय।

Author Since: Dec 06, 2019

Related Post