कोरियामा अवैधानिक कामदार स्वदेश फिर्ती सम्बन्धी अध्यागमन विभागको जरुरी सुचना !
- by siddhartha@post
- 4 years ago
- 0 comments

गुरुदत्त न्यौपाने / सउल ,दक्षिण कोरियामा अवैधानिक रुपमा बसोबास गर्ने प्रवासी मजदुरको स्वदेश फिर्ती सम्बन्धी नियम केही परिवर्तित भएको छ।कोरियामा चीनको वुहान सहर बाट फैलिएको भाईरस ‘कोभिड – १९ ‘ को प्रकोप बढेसंगै यहाँको अध्यागमन विभागले स्वदेश फिर्ती नियममा परिमार्जन गरेको हो।विगतमा अबैधानिक कामदार स्वदेश फिर्ता
हुनुभन्दा ३ देखी १५ दिन अगावै अध्यागमन कार्यालय अनिवार्य उपस्थित हुनुपर्ने मा अहिलेको परिवर्तित नियम अनुसार भाईरसको सङ्क्रमण हुने खतरालाई मध्यनजर गर्दै अनलाईन मार्फत आवेदन दिन सकिने ब्यबस्था मिलाएको हो।विगतको नियम अनुसार अबैधानिक कामदार स्वदेश फिर्ता हुँदा फिर्ता हुनुभन्दा ३ देखी १५ दिन भित्र
अध्यागमन कार्यालय गई ब्याक्तिगत विवरण,स्वदेश फिर्ती सम्बन्धी जानाकारी तथा स्वदेश फिर्ती आवेदन फाराम भर्नुपर्ने थियो, तर अहिलेको परिमार्जित नियमअनुसार अबैधानिक कामदार स्वदेश फिर्ता हुन चाहेमा अध्यागमन विभागको वेभसाईट मा गई व्याक्तिगत विवरण र आवेदन दिन सकिने जनाईएको छ।
के के चाहिन्छ त आवेदन दिँदा ?
अबैधानिक कामदार स्वदेश फिर्ता हुन चाहेमा अनलाईन मार्फत निम्नलिखित कागजातहरु तयार पारेर पेश गर्न सकिने छ।
१ . स्वदेश प्रस्थान फाराम
२ . राहदानीको फोटोकपी
३ . नेपाल फर्किने हवाई टिकट
कहिले देखी आवेदन दिन सकिने ?
अबैधानिक कामदारले स्वदेश फिर्ता हुन चाहेमा मार्च ११ तारिख देखी अनलाईन मार्फत स्वदेश फिर्ती आवेदन पेश गर्न सक्नेछन।
नोट : स्वदेश फर्कने दिन एयरपोर्टको अध्यागमन कार्यालयमा प्रस्थान समयभन्दा ४ घन्टा अगावै पुग्नुपर्ने छ।