कोरोना पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको
- by siddhartha@post
- 4 years ago
- 0 comments

कोरोना भाइरस पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको भएका छन् ।अहिलेसम्म १ लाख १ हजार ९ सय ५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजार १ सय २३ जना उपचारपछि घर फर्किएका छन् भने ३ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ६५ जना अझै पनि सङ्क्रमित छन् ।
उनीहरुमध्ये ३५ हजार ९ सय ६४ जना सामान्य अवस्थामा रहेका र ६ हजार ४ सय १ जनाको अवस्था गम्भिर रहेको छ । अहिलेसम्म ९७ देशसहित जापानको योकोहामा रहेको डायमण्ड प्रिन्सेस क्रुजमा कोरोना संक्रमित भेटिएका छन् ।
गएको २४ घण्टामा थप ७९ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा इटालीमा थप ४७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या २ सय नाघेको छ ।

बारम्बार साबुनपानीले हात धुने, खोक्दा र हाच्छँयू गर्दा रुमाल अथवा कपडाले नाकमुख छोप्ने र अनावश्यक रुपमा नाक, आँखा र मुख नछुने र छुनै परे साबुनपानीले हात धोएर मात्र छुने गर्दा पनि संभावित जोखिमबाट बच्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । उज्यालोबाट