
सोल-दक्षिण कोरियामा कोरोना संक्रमण पश्चात उपचार भएर घर फर्कने मानिसहरुको संख्या करिव १.४ प्रतिशत रहेको छ ।यो दर अन्य संक्रमण भएका देशहरु भन्दा कम हो । अन्य देशहरुमा संक्रमण दर बढी भएता पनि उपचार पश्चात घर फर्कने दर पनि बढी भएको कोरियाली स्वास्थ्य विज्ञहरुले बताएका छन् ।कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका
अनुसार हाल सम्म कोरियामा ७६७ जना संक्रमित रहेका छन् जस मध्ये ८८ जना सञ्चो भएका छन् जुन १.४ प्रतिशत हो र करिव ०.६ प्रतिशत मानिसहरुले ज्यान गुमाएका छन् ।समाचारहरुमा जनाईए अनुसार संक्रमणको उद्गम स्थल चीनमा करिव ६२ प्रतिशत सञ्चो भएका छन् भने सिङ्गापुरमा ७१ प्रतिशत , इरानमा १८ प्रतिशत तथा इटलीमा ६ प्रतिशत उपचार पश्चात घर फर्केका छन् ।

कोरियाली स्वास्थ्य अधिकारीहरुका अनुसार कोरियामा कोरोना संक्रमण पश्चात डिस्चार्ज हुन २४ घण्टामा २ पटक परिक्षण गरिन्छ तर अन्य देशहरुमा त्यो व्यवस्था छैन । अन्य देशहरुमा उपचारमा लचकता देखाइएका कारण डिस्चार्ज दर बढी देखिएको हो ।
हाल कोरियाली अस्पतालहरुमा बिरामीहरुको चाप अत्यन्तै बढेका कारण स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमा सुधार भएमा उक्त बिरामीलाइ सामुदायीक केन्द्रहरुमा क्वारेन्टाइनमा पठाउने तयारि समेत गरेको छ ।हटपाटीबाट