कोरिया खबर

कोरियन विद्यार्थीले बनाएको कोरोना ट्र्याकिङ म्याप प्रभावकारी

टोकियो – कोरियाली विश्वविद्यालयका एक विद्यार्थिले गत महिना कोरोना संक्रमितहरुको गतिविधि तथा स्थिति पत्ता लगाउन बनाइएको अनलाइन म्यापिङले हाल जापानमा प्रशंशा पाउन थालेको छ ।सो अनलाइन म्यापिङले जापानका शहरहरुमा भएका कोरोना गतिविधिहरुसँग सम्बन्धित तथ्याङ्कहरुको प्रयोग गरेर ताजा स्थितिको भिजुअल जानकारी दिने गर्दछ ।

कोरियास्थित क्युङ्सु विश्वविद्यालयका २५ बर्षीय विद्यार्थि लि डोङ योनले बनाएको उक्त अनलाईन म्यापले सरकारी तथ्याङ्कहरुको प्रयोग गर्दै कोरोना संक्रमितहरुको स्थिति पत्ता लगाउन सहयोग गर्दै आएको छ ।उनका अनुसार संक्रमितहरुको संख्या पत्ता लगाउन रातो चिन्ह, संक्रमितहरुको यात्रा विवरण पत्ता लगाउन नीलो चिन्ह तथा सञ्चो भइसकेकाहरुकोस्थिति बताउन हरियो चिन्हको प्रयोग गरिएको छ । यो म्यापबाट सरकारको तथ्याङ्क तथा संक्रमितहरुको यात्रा विवरण सहजै पत्ता लगाउन सकिन्छ ।

भाईरस संङ्क्रमित आशँकामा आएकाहरु संग परामर्श लिदै स्वास्थ्यकर्मीहरु

फेब्रुअरी ५ तारिखमा तयार गरिएको उक्त अनलाइन म्यापिङको प्रयोग सहि तरिकाले गरिएमा संक्रमितहरुले यात्रा गरेका हरेक ठाउँको जानकारी हुने जसले गर्दा स्वस्थ मानिसलाई आफ्नो गन्तव्य बारे योजना बनाउन सहज हुने छ । हाल यो वेभसाईटमा दैनिक दशौँ हजारले भ्रमण गर्दछन् ।

Author Since: Dec 06, 2019

Related Post