
गुरुदत्त न्यौपाने /सउल
चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको रहस्यमयी भाईरस नोवेल कोरोना भाईरस ‘कोभिड – १९ ‘ ले दक्षिण कोरियामा महामारीको रुप लिएपछी चीनको साङ्घाई सरकारले पाँचलाख फेशमास्क कोरियालाई पठाएको छ।गत महिना वुहानमा महामारी फैलिएको बेला कोरियाले गरेको सहयोगको प्रशँशा गर्दै चीनले कोरियालाई पनी सहयोग गरेको हो ।
गत महिना सउल सरकारले भाईरस प्रभावित क्षेत्र वुहानलाई मेडिकल उपकरण र लाखौँ मास्क कोरियामै अभावको वावजुत सहयोग गरेको थियो।आफ्नै देशमा मास्क र मेडिकल उपकरण अभाव हुँदाहुँदै सहयोग गरेको कारण सउल सरकार आलोचित बनेको थियो।
चीनको साङ्घाई सरकारले गत मंगलबार पाँचलाख मास्क कोरिया पठाएको छ जसमा १ लाख मास्क मेडिकल टिमलाई र ४ लाख मास्क जनतालाई बाँडनेगरी कोरिया रेडक्रस सोसाईटीको जिम्मेवारीमा साङ्घाईबाट ईन्छन अन्तरास्ट्रिय विमानस्थल पठाईएको छ।मंगलबार विमानस्थल आएको मास्क भाईरस प्रभावित क्षेत्र थेगु र उत्तरी ख्यङ्गसान प्रान्तमा पुर्याईएको छ।
यसैबिच कोरिया रेडक्रस सोसाईटी ले बताएअनुसार चीनका दुई प्रान्त साओक्सिङ र सिङ्ताओ सरकारले फेश मास्क,मेडिकल उपकरण र सुरक्षित चश्मा सहयोग गर्न ईच्छुक रहेको बताएका छन।