कोरियामा कोरोना भाईरस सम्बन्धी सरकारी नियम पालना नगर्ने विदेशी नागरिकलाई देश निकाला सहित पुन : प्रवेशमा रोक लगाईने !
- by siddhartha@post
- 4 years ago
- 0 comments

गुरुदत्त न्यौपाने / सउल
दक्षिण कोरियामा कोरोना भाईरस सम्बन्धी विदेशी नागरिकलाई लक्षित गरी नयाँ निती लागु हुने भएको छ।कोरिया सरकारले कोरोना भाईरस सम्बन्धी लागु हुने सरकारी निती तथा नियम भित्र नवस्ने विदेशी नागरिकलाई देश निकाला सहित पुन: प्रवेसमा रोक लगाउने भएको हो ।कोरोना भाईरस सङ्क्रमित तथा सङ्क्रमण को शंका लागेका विदेशी नागरिकलाइ लक्षित गरी कोरिया सरकारले उक्त नियम लागु गर्न लागेको हो।
कोरियाली न्याय मन्त्रालय तथा स्वास्थ्य अधिकारीले भाईरस टेस्ट,परिक्षण तथा क्वारेन्टाइन बस्न गर्ने अनुरोधको उल्लङ्घन गरेको पाईएमा अत्यन्तै कडा कारबाहीका साथ उक्त नियम लागु हुने भएको छ।यदि कुनै विदेशीले स्वास्थ्य उपचार तथा परिक्षण अनुरोध लाई अस्विकार गरेमा,तथा अस्पतालका कुनैपनी स्वास्थ्य उपकरणमा क्षती पुर्याएमा सम्पुर्ण क्षतिपुर्ती सहित नयाँ लागु हुने नियम देश निकाला सहित पुन प्रवेशमा रोक लगाउने बताएको छ।
कोरोना भाईरस सङक्रमण पुस्टी भएको वेदेशी नागरिकलाई स्वास्थ्य अधिकारीले सेल्फ क्वारेन्टाईनमा बस्न गरेको अनुरोधलाई उल्लङ्घन गरी रेस्टुरेन्ट तथा पसलमा गएको कारण यस्तो नियम लागु गर्नुपरेको मन्त्रालयले बताएको छ।यधपी कहाँ र कुन देशको नागरिकले त्यस्तो गर्यो भन्ने खुलाईएको छैन।
साथै विदेश मामिला मन्त्रालयले आजै विदेशी रास्ट्रका नागरिकहरुलाई ट्राभल एडभाईजरी जारी गरेको छ।यसले कोरिया आउने सबै यात्रुहरुलाई विशेष सतर्कता अपनाउन सल्लाह दिएको छ।