कोरिया खबर

नेपाल जान रोकिएकालाई एनआरएनए कोरियाले सहयोग गर्ने

सिओल । नेपाल सरकारले केही समयको लागि आवागमनमा रोक लगाए सँगै दक्षिण कोरियामा नेपाल फर्कन तयार रहेका नेपालीहरूमा समस्या देखिन थालिएको छ।

वैधानिक भिसा अवधि सकिएर नेपाल फिर्ताको लागि कम्पनी छाडेर बाहिर निस्किसकेका र अन्य छोटो अवधिका लागि दक्षिण कोरियामा रहेका नेपाली अफ्ठेरोमा परेका हुन।

यसैबीच, एनआरएनए कोरियाले अप्ठ्यारोमा रहेका नेपालीको लागि आवश्यक सहयोग गर्ने भएको छ।

नेपाल सरकारद्वारा मार्च १८ मा परिवर्तित गरिएको अध्यागमन नियमावलीका कारण वैधानिक भिसा अवधि समाप्त भै नेपाल फिर्ताका लागि कम्पनी छाडेर बाहिर निस्किएका वा अन्य छोटो अवधिका लागि दक्षिण कोरियामा रहेका नेपालीलाई एनआरएन कोरियाले खाना बस्नको लागि सुविधा उपलब्ध गर्ने भएको छ।

सरकारले नेपाली नागरिकलाई प्रवेश निषेध गरे सम्मको अवधिको लागि अस्थाई बासस्थानको व्यवस्थामा सहयोग गर्ने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका महासचिव डाक्टर विमल सुवेदीले जानकारी दिनुभयो।

तत्कालका लागि सहयोग उपलब्ध हुने ठाउँ सोल तथा ख्यौंगी क्षेत्र सुवन, तथा बुसान (ख्यङ्नाम क्षेत्रमा र एनआरएनए कोरियाको क्षेत्रीय कार्यलय रहेको स्थान किम्हेबाट उपलब्ध हुने र आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि बिस्तार गरिने पनि सचिव सुवेदीले बताउनुभयो।

उक्त कार्यमा सहयोगको लागि एनआरएनए कोरियाले अन्य संघ संस्थाहरुलाई पनि सहयोगको अपिल गरेको छ ।

Author Since: Dec 06, 2019

Related Post