कोरिया खबर

कोरोना महामारी-विश्वका १७० देशले दक्षिण कोरियासँग सम्पर्क बन्द गरे

सोल-विश्वभर फैलिरहेको कोरोना माहामारीबाट आफ्नो देशलाई बचाउन विश्वका विभिन्न देशहरुले विभिन्न सुरक्षा उपायहरु अपनाइरहेका छन् ।

पछिल्लो समय समुद्रपार हवाई सम्पर्कद्धारा भाइरस फैलिन थाले पश्चात विश्वका विभिन्न देशहरुले संक्रमण भएका देशहरु सँग सिधा हवाई सम्पर्क बन्द गरेका छन् ।

यसै क्रममा कोरियामा फैलिरहेको कोरोना संक्रमणबाट आफ्नो देशलाई बचाउन विश्वका विभिन्न देशहरुले कोरिया सँगको स्थल तथा हवाई सम्पर्क अस्थायी रुपमा बन्द गराएका छन् ।

पछिल्लो समाचार अनुसार हालसम्म कोरिया सँग हवाई तथा स्थल सम्पर्क अस्थायी रुपमा बन्द गर्ने देशहरुको संख्या १७० पुगेको छ ।

यो संख्या संयुक्त राष्ट्रसंघ सदस्य राष्ट्रहरुको संख्याको ८७ प्रतिशत हो । हाल संयुक्त राष्ट्रसंघमा १९५ सदस्य राष्ट्रहरु रहेका छन् ।

हाल कोरियाको अमेरिका तथा अन्य केहि मुलुकहरुसँग मात्र सिधा हवाई सम्पर्क रहेको कोरियाली परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरिया स्थित अमेरिकी दुतावासले ९० दिन भन्दा बढी अमेरिका बस्न चाहानेहरुका लागि भिसा कार्यक्रम यस अघि नै रद्ध गरिसकेको छ भने ९० दिन भन्दा कम बस्नेहरुलाई भने अझै पनि अमेरिका प्रवेशमा कुनै रोकटोक लगाईएको छैन ।

उता अमेरिकी विदेश मन्त्रालयले भने आफ्ना नागरिकहरुलाई यस्तो विसम परिस्थितिमा देश छोडेर अन्त नजान निर्देशन दिइसकेको छ ।

यदि सो निर्देशनलाई अटेर गरेमा अनिश्चित कालसम्म अमेरिका प्रवेशमा रोक लगाउने बताइसकेको छ । तर अमेरिकाले दक्षिण कोरियासँग हवाई मार्ग तत्काल बन्द गर्ने बारे कुनै प्रतिकृया जनाएको छैन ।

Author Since: Dec 06, 2019

Related Post