कोरियामा धार्मिक सभा, मनोरञ्जन तथा इनडोर खेलहरु सञ्चालनमा १५ दिन पूर्ण प्रतिबन्ध
- by siddhartha@post
- 4 years ago
- 0 comments

सोल-दक्षिण कोरियाली प्रधानमन्त्री छुङ्ग से क्युनले शनिवार एक सूचना प्रकाशित गर्दै अबका १५ दिन देशभर कुनै किसिमका जमघट हुने प्रकारका क्रियाकलापहरु नगर्न कडा निर्देशन दिएका छन् ।
कोरियामा कोरोना संक्रमण फैलावटको दर घट्न केही कम भएता पनि सो संक्रमण पूर्ण रुपमा निर्मुल नभइसकेका कारण मानिसहरुको जमघट हुने कुनै किसिमका धार्मिक सभा, सम्मेलन, मनोरञ्जनात्मक कन्सर्ट, भेला तथा जिम खाना, फुटसल जस्ता इनडोर खेलहरु सञ्चालनमा पुर्ण प्रतिवन्ध लगाइएको सूचनामा बताइएको छ ।
हाल पनि कतिपय चर्चहरुमा नियमित रुपमा भेला भई प्रार्थना गर्ने कार्य भइरहेको स-साना प्रतियोगिताहरु सञ्चालन भइरहेको सूचना प्राप्त भए पश्चात उनले कडा निर्देशन दिएका हुन् ।
आगामी १५ दिनसम्मको समय कोरियाको लागि निकै नै महत्वपूर्ण समय भएको बताउदै प्रधानमन्त्री क्युनले सरकार अवको १५ दिनमा कोरोना भाइरस विरुद्धको लडाई निर्णायक रुपमा लड्न लागेको पनि बताए ।
हालसम्म दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या ८ हजार ७ सय ९९ पुगिसकेको छ । करिव १०० जनाले हाल सम्म ज्यान गुमाइसकेको यो परिस्थितिमा यदि कसैले सरकारी निर्देशनको अवज्ञा गरेको पाइएमा कानुन बमोजिम कडा भन्दा कडा सजाय दिइने समेत निर्देशनमा बताइएको छ ।
थप सूचना अप्रिल ७ तारिखपछि प्रकाशित गरिने समेत निर्देशनमा बताइएको छ ।hotpati