कोरिया खबर

कोरियालाई कर्मथलो बनाएका लोक दोहोरी गाएक बिष्णु पान्डेको ‘कृषी पेशा थाल्छु’ सार्वजनिक !

दक्षिण कोरियामा रहेका लोक दोहरी गायक बिष्णु पाण्डे को र लोक दोहोरी गायनकी चर्चित गायिका पुर्णकला को युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ।प्रबाशी भुमि दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाई राख्नु भएका गायक पाण्डे प्रदेशमा रहेर पनि आफ्नो कलाकारिता क्षेत्रलाई निरन्तरता दिएका छन् । र यस पटक भने गायक पाण्डे ले अलिक पृथक समसामयिक झल्किने खालको नयाँ लोक दोहोरी गीत आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका छन् ।

कृषि पेशा थाल्छु बोलको सार्वजनिक भएको गीतको भाकामा सुमधुर स्वरकी धनी गायिका पुर्णकला र गायनमा गायक बिष्णु पाण्डेको युगल गायनले गीतलाई बेजोड बनाइदिएको छ। गीत गजबै बनेको छ। रमेश परियारको शब्द/संगीत रहेको ‘कृषि पेशा थाल्छु’ गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने सुरेश श्रेष्ठ को छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ ।

स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा राजु ढकाल ,टीका भट्टराई र मनोज पाण्डे ले बेजोड अभिनय गरेका छन्। साथमा गायक बिष्णु पाण्डेको भिडियोमा भएको प्रवेश पनि गजबै देखिएको छ।

भिडियो तलको लिंकमा क्लिक गरि हेर्नुहोस

Author Since: Dec 06, 2019

Related Post