कोरिया खबर
दक्षिण कोरियाले आजदेखि नेपालबाट आफ्ना नागरिक फर्काउँदै
- by siddhartha@post
- 4 years ago
- 0 comments

काठमाडौं – नेपालले सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउँने भएको छ ।
नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दक्षिण कोरियाले नेपालमा रहेका आफ्ना नागरिक लान खालि विमान पठाउँदै छ ।
सोही विमानमार्फत आज बेलुका ७ बजे कोरियाका नागरिकलाई लाने सूचना आएको क्षेत्रीले जानकारी दिए ।
नेपालस्थित दक्षिण कोरियाली दूतावास स्रोतका अनुसार नेपालमा रहेका करिव ९ सय जना कोरियाली नागरिकलाई हरेक हप्ता एउटा विमानमार्फत कोरिया लगिनेछ ।
नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाए पनि कोरियाका नागरिक लानका लागि दक्षिण कोरियालाई एउटा विमान उडानको अनुमति दिइएको छ । तर त्यस्तो विमान नेपाल आउँदा खालि आउनुपर्ने सर्त राखिएको स्रोतले जनाएको छ ।