कोरियामा यौनजन्य सामाग्री पठाउने १ सय २४ पक्राउ
- by siddhartha@post
- 4 years ago
- 0 comments

सोल-कोरियाली प्रहरीले गत शुक्रवार सम्ममा यौन जन्य सामाग्री मेसेजमा पठाई यौनिक हिंसाको अभियोगमा १ सय २४ जनालाई गिरफ्तार गरेको छ ।
टेलिग्राम मेसेन्जर नामक सामाजिक सञ्जाल एप मार्फत महिला तथा अन्यलाई यौन जन्य सामाग्रि पठाएको अभियोगमा कोरियाली प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कोरियाली प्रहरीका अनुसार छो थर भएका एक कोरियाली नागरिकले डाक्टर उपनाम दिएर यौनजन्य सामाग्री उत्पादन तथा सेयर गर्ने, सोही भिडियो देखाएर ब्ल्याकमेल गर्ने लगायतका काम गरेको पाईएकाले उनलाई गिरफ्तार गरे पश्चात अन्यलाई पनि गिरफ्तार गरिएको हो ।
सो घटनाका हाल सम्म ७४ जना पिडितहरु सम्पर्कमा आएको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार हाल सो ग्रुपमा २ लाख ६० हजार जना सकृय सदस्यहरु रहेका छन् ।
प्रहरीका अनुसार छोले १०० भन्दा बढी त्यस्ता ग्रुपहरु सञ्चालन गरेको पाइएको छ । उनले ग्रुपको सदस्यता लिन दुई लाख देखि १५ लाख वनसम्म लिने गरेको पाइएको छ । हाल उक्त एपको व्यापक विरोध भइरहेको र प्रहरी समक्ष व्यापक गुनासाहरु आइरहेको प्रहरीले बताएको छ ।Hotpati