कोरिया खबर

सरकारको निर्देशन नमानेपछि चर्च प्रति आक्रामक बन्दै दक्षिण कोरिया , सपूर्ण सेवा बन्द गर्ने तयारि

किशन गौतम/हेनेको सम्वाददाता ,दक्षिण कोरियामा कोरोना भाइरस फैलाउन मुख्य भूमिका खेलेको आरोप लाग्दै आएका केहि चर्चहरुले सरकारी नियम नमानी जथावाभी भीडभाड गर्दै आएको पुष्टि भएको छ l पछिल्लो समय धेरैजसो सामुहिक संक्रमणहरु धार्मिक स्थल, चर्च बाट फैलिन थालेपछी उसको सेवामा सरकाले कडा नियम जारि गरेको थियो l

सरकारको कडा प्रतिबन्धका वाबजुत पनि राजधानी सियोलमा रहेको साराङ्ग जेइल लगाएतका केहि चर्चले अनाबस्यक भिडभाड बनाएको आरोप लागेको छ l सरकारले चर्चका अनुयायीहरुलाई सेल्फ क्वारेन्टाइनका नियम हरु जस्तै कम्तिमा पनि २ मिटरको दुरीमा बस्न , लगातार तापक्रम नाप्न आदि निर्देशन समेत जारि गरेको थियो l

तर अधिकांस चर्चले उक्त नियमको उल्लघन गर्दै आफूखुसी गरेको प्रधानमन्त्री चुंङ् स्येकुनले एक पत्रकार सम्मेलनमा बताए l उनले भने” चर्चको कारण ब्याक्ति मात्र होइन सिंगो समुदायनै गम्भीर मोडमा पुगेको छ lसरकारको निर्देशन नमान्ने चर्चका सपूर्ण सेवा हरु अब बन्द हुन्छन “l

केहि दीन पहिला कोरियाको ख्याङ्गिदो मा रहेको एक चर्चले कोरोना निको पार्ने भन्दै एक अर्काको मुखमा नुन पानी छर्केर सामुहिक संक्रमण फैलाएको थियो भने , थेगुमा रहेको चिन्छोंन्जी चर्चले प्रभुले निको गराउने भन्दै एक आपसमा भाइरस सारी महामारी फैलाएको आरोप लाग्दै आएको छ l -कोरिया टाइम्स

Author Since: Dec 06, 2019

Related Post