कोरिया खबर

भिसा अवधि समाप्त हुनै लाग्दा पनि कोरोनाका कारण नेपाल जान नपाउनु भएका नेपालीहरुलाई समयमै भिसा थप गर्नु हुन नेपाली दुतावास कोरियाको आग्रह

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) अहिले विश्वका १८० देशहरुमा फैलिरहेको छ। त्यसको प्रत्यक्ष प्रभाव दक्षिण कोरियामा पनि पर्यो। शुरुको समयमा निकै शुस्त गतिमा फैलिएको कोरोना सुरुवाती समयको केही साता पछि भने निकै नै द्रुत गति लियो फलश्वरुप यसले कोरियाको अर्थतन्त्रमा मात्र असर गरेन, मानिसको जिवन शैलीलाई नै अस्तव्यस्त बनाइदियो।

करीव ४५ हजार नेपालीहरु रहेको दक्षिण कोरियामा कोरोना संक्रमित नेपाली तथ्याङ्कमा फेला नपरे पनि मानसिक रुपमा बने त्रसित नै बनेका छन्। पछिल्लो समय विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा छ भने पश्चात सरकारले केही साता अघि यसको जोखिमबाट बच्न कोरोना प्रभावित मुलुकहरुवाट नेपाल प्रवेशमा रोक लगायो भने अहिले छिमेकी मुलुक चिन र भारतका खुल्ला नाकाहरु पनि बन्द गर्ने निर्णय गरिसकेको छ।

त्यसैगरी कोरिया स्थित नेपाली दुतावासले भिसा थप सम्वन्धी हाल एक सुचना जारी गरेको छ। सुचनामा भनिएको छ:

“नेपाल सरकारद्वारा गठित COVIT_19 संक्रमण , रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिको आठौँ वैठक (२०७६ चैत्र ५) को निर्णय अनुसार दक्षिण कोरिया लगायतका मुलुकहरुवाट सिधा उडान भई वा अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट वनाई नेपाल जाने सबै यात्रुहरुलाई २०७६ चैत्र ७ गते शुक्रवार (२० मार्च २०२०) देखि लागु हुने गरी २०७६ चैत्र ३० गते आइतवार (१२ अप्रिल २०२०) सम्म नेपाल प्रवेशमा प्रतिवन्ध लगाउने व्यवस्था भएकाले, उल्लेखित अवधिमा भिसा सकिने एलियन कार्ड बाहक नेपालीहरुले सक्कल राहदानी तथा एलियन कार्ड लिएर र अन्य छोटो अवधिको भिसा (B-1, B-2, C-1, C-2,C-3, c-4) मा कोरियामा रहनु हुने नेपालीहरुले स्वदेश फिर्ती हवाईटिकट, नेपाल प्रवेशमा प्रतिवन्ध लागेको व्यहोराको सुचना, प्रमाण (कोरिया परराष्ट्र मन्त्रालयको वेवसाइट http://www.mofa.go.kr/www/index.do मा कोरिएन भाषामा र नेपाल अध्यागमन विभागको वेवसाइट http://www.nepalimmigration.gov.np/ मा अंग्रेजी भाषामा उपलव्ध) सहित आफ्नो भिसा अवधी समाप्त नहुदैँ कोरियाली अध्यागमन कार्यालयमा सम्पर्क गरी भिसा थपको लागि आवेदन गर्न सक्ने हुँदा सोही बमोजिम गर्नुहुन नेपाली राजदुतावास, सिओल सम्वन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।’’

कोरिया स्थित नेपाली राजदुतावासको प्रकाशित सुचना :

Author Since: Dec 06, 2019

Related Post