कोरिया खबर

कोरियामा १५ हजार ४ सय भन्दा बढी कोरोना परीक्षण नतिजाको पर्खाईमा

सोल-दक्षिण कोरियामा मंगलवार सम्ममा कोरोना भाइरस संक्रमितहरुको संख्या ९०३७ पुगेको छ । कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार यो संख्या सोमवारको भन्दा ७६ जनाले बढी हो ।

केन्द्रका अनुसार हालसम्म कोरियामा कोरोना संक्रमणका कारण १२० जनाले ज्यान गुमाइसकेका छन् । केन्द्रले दिएको जानकारी अनुसार हाल देशको आन्तरिक संक्रमण दर न्युन भएता पनि विदेश बाट आउनेहरुमा संक्रमण दर उच्च रुपमा पाइन थालेको छ ।

केन्द्रका अनुसार मंगलवार पाइएका ७६ जना संक्रमित मध्ये २० जना विदेश बाट आएका नागरिकहरु रहेका छन् । सो संख्या जम्मा संक्रमितहरुको संख्याको २६.३ प्रतिशत हो ।

आइतवार बाट अध्यागमनमा नै विदेशबाट आउने हरुको स्वास्थ्प परिक्षण गर्न थालिए पश्चात सो तथ्यांक पाइएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आइतवारबाट हालसम्म १,४४४ जनाको कोरोना परिक्षण गरिएको छ जसमा १९ जनामा संक्रमण पाइएको छ । त्यसै गरि युरोप बाट आएका १२०३ जनाको स्वास्थ्य परिक्षण गर्दा १९२ जनामा कोरोना संक्रमण सँग मिल्दो लक्षण पाइएको पनि केन्द्रले जनाएको छ ।

कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार मंगलवार पाइएका नयाँ संक्रमितहरुमा थेगु शहरमा ३१, ख्यंगी प्रान्तमा १५ तथा बाँकी सिओल तथा अन्य शहरहरुमा पाइएका छन् ।

केन्द्रका अनुसार हाल सम्म ३५०७ जना कोरोना संक्रमण उपचार पश्चात घर फर्किसकेका छन् । हाल सम्म ३ लाख ४८ हजार भन्दा बढीले कोरोना परिक्षण गराएका छन् भने १५ हजार ४ सय ४० जना आफ्नो परिक्षणको नतिजा पर्खिरहेका छन् ।Hotpati

Author Since: Dec 06, 2019

Related Post