कोरोना विरुद्दको लडाँइमा अमेरिकाले माग्यो कोरियासँग मेडिकल उपकरण
- by siddhartha@post
- 3 years ago
- 0 comments

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले कोरियाका राष्ट्रपति मून जे इन लाई आज (मंगलवार) फोन गरी कोभिड-१९ को युद्दमा आफुलाई सहयोग गर्न माग गरेका छन्।
दुई राष्ट्रपति बिचको टेलिफोन कुराकानीमा ट्रमले हाल अमेरिकामा कोरोना भाइरस तिव्र गतिमा बढिरहेकोले यसको नियन्त्रणको लागि कोरियाको मेडिकल उपकरण माग गरेका हुन्। छलफलपछि मुनले जवाफमा भनेका छन्, “ हाम्रो सरकारले अधिक्तम सहयोग गर्नेछ।”
साथै, मुनले आवश्यक खाध्य पदार्थ तथा औषधीहरुमा पनि सहयोग गर्ने बताएका छन। कोरियाले हाल पछिल्लो समयमा निकै राम्रो गतिमा कोरोना नियन्त्रण गरेकोमा आफु खुसी भएको पनि ट्रमले बताए।
करिव २३ मिनेटको टेलिफोन वार्तालाभमा ट्रम्पले माहामारी बिरुद्दको युद्दमा आफुलाई तत्काल सहयोग (यही हप्ता) गर्न आग्रह गरेका छन्।
हाल कोरोना नियन्त्रणको लागि कोरियाको प्राविधिक उपकरणहरुको माग विश्वभरवाट भइरहेको छ। अहिले दैनिक १ लाखको हाराहारीमा कोरोना टेस्टिङ किट उत्पादन भइरहेको छ भने करीव १७ देशहरुमा निर्यातको लागि कुरा भइरहेको जानकारी आएको छ।
कोरियामा केही साता अघि तिव्र गतिमा फैलिएको कोरोना पछिल्लो समय भने निकै नै नियन्त्रणमा आएको तथ्यांकले बताएको छ।
देश लकडाउन नै नगरी यसरी भाइरस नियन्त्रण ल्याउनुमा कोरियाली सरकारले शंकटकाल शुरु हुनु भन्दा अघि नै उच्च सतर्कता अपनाएको थियो।
मंगलवार साँझ सम्मको तथ्यांक अनुसार अमेरिकामा ५५ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन्, भने ८ सय भन्दा बढीको ज्यान गएको छ।
Hellonepalkorea.com