कोरिया खबर

दक्षिण कोरियामा नेपालीहरुको अभुतपुर्व एकता तिन दिनमा जम्मा भयो ८ करोड वन

सबिना कार्की
एउटा नेपाली एउटा हेल्थ किट किनौ र नेपाल पठाऔ भन्ने अभियान अन्र्तगत दक्षिण कोरियामा ८ करोड वन जम्मा भएको छ । शुक्रबार बिहान १० बजे सम्म ८ करोड वन झन्डै नेपाली ( ८० लाख) रकम जम्मा भएको हो । यो बिहान १२ बजे आसपास सम्मको विवरण भएपनि साँझ सम्म झण्डै नौ करोड वन अर्थात ९० लाख नेपाली रकम क्रस हुन सक्ने एनआरएनए दक्षिण कोरियाका सचिव मनोज गौतमले जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना महामारी नेपालमा पनि सुरु भएकाले नेपालको कमजोर स्वास्थ्य ब्यवस्थापन अवस्थालाइ मध्यनजर गर्दै कोरियाको प्रभाबकारी हेल्थ किट पठाउन यो अभियान सुरु गरिएको हो । एनआरएनए दक्षिण कोरियाको संयोजकत्व र स्वतन्त्र नागरिक अभियान्ताको सहकार्यमा सुरु भएको अभियानमा आर्थिक संकलन कार्य सोचे भन्दा राम्रो र छिटो भएको छ ।

जम्मा भएको रकम बाट हेल्थ किट किनेर नेपाल सरकारको समन्वयमा चिन हुँदै मार्च २८ सम्म नेपाल पुर्याइने सचिब गौतमले जानकारी दिए । गौतमका अनुसार यो अभियान आउदो आइतबार साँझ सम्म मात्रै संचालन हुने छ । दक्षिण कोरियामा बसोबास गर्ने करिब ४० देखि ५० हजारको संख्यामा रहेका नेपालीहरुलाइ एक नेपाली एक हेल्थ किट अभियानमा सहभागि बनौ भनिएको छ । उक्त हेल्थ किटलाइ कोरियन २० हजार वन पर्ने भएकाले एउटा नेपालीले २० हजार वन जति अर्थात नेपाली दुइ हजार जति सहयोग गरे नेपालमा प्रयाप्त मात्रामा हेल्थ किटहरु पठाउन सकिने अपेक्षा आयोजकले लिएको छ । हाल सम्म करिव चार हजार नेपालीले यस अभियानमा सहयोग गरेका छन ।

यस अभियानले दक्षिण कोरियामा नेपालीहरुको अभुतपुर्व एकता पनि देखाएको छ । अभियानलाइ सहयोग गर्न कोरियामा स्थापना भएका सामाजिक नेपाली संघ संस्थाहरुको ठुलो भुमिका रहेको छ ।

करिब २० भन्दा बढि सामाजिक संघ संस्थाहरुले यस अभियानमा हातेमालो गरेका छन् । यस्तै राष्टप्रेमी सघंसस्थाहरु अभियान्ताहरु,मजदुर ,बिद्यार्थी ,पत्रकार, लगाएत सबै नेपाली हरुको महत्वुपर्ण सहभागिता रहेको छ ।

नेपालीहरुको यो सहयोगले नेपालमा भैरहेको हेल्थ किटको अभाब त अन्त्य हुने नै छ । तर त्यो भन्दा पनि राम्रो पक्ष तिन घण्टामै कोरोना सक्रमण छ या छैन भनेर चाँडै रिजल्ट पनि थाहा हुने अपेक्षा लिइएको छ । दक्षिण कोरियामा नेपालको भन्दा धेरै संक्रमित छन मृत्युदर पनि बढि छ तर किन हो म सुरक्षित महशसु गरिरहेको छु बरु मलाइ मेरो देश कोरोना बाट असुरक्षित छ किन भनेर सहयोग गरिरहेको छु एक नेपालीले भने ।

यस्तै धेरै नेपालीहरुले आफनो सन्तान र मातृभुमि प्रति देखाएको यो मायाले बिश्वभर रहेका नेपालीहरुलाइ पनि सकरात्मक सन्देश दिएको छ । दक्षिण कोरियामा पनि महामारी भाइरस कोरोना संक्रमण फैलिएको धेरै दिन भयो तर यँहाको प्रभाबकारी स्वास्थ्य ब्यवस्थापनले थप संक्रमण दर ह्वातै घटाएको छ । कोरियाको हेल्थ किटको बारेमा अनेत्र संक्रमित मुलुकहरुमा पनि माग भैरहेको खबरहरु सार्वजनि भएका छन । केही समय अगाडी अमेरिकी राष्ट्रपतिले समेत कोरियाका राष्ट्रपतिलाइ कोरोना नियन्त्रणको लागी कोरियाले अपनाएको बिधीको प्रंससा गदै सहयोग गर्न आग्रह गरेका खबरहरु समेत आएका थिए ।

Author Since: Dec 06, 2019

Related Post