सुर्खेत समाज दक्षिण कोरियाको बढ्दो देशप्रेम र सामाजिक कार्यमा सक्रीयता
- by siddhartha@post
- 3 years ago
- 0 comments

छिमेकी देश चिनको वुहान शहरमा पहिलो पटक देखिएको COVID-19 नामक नोबेल कारोना भाईरस अहिले बिश्वका विभिन्न देशहरु व्यापक रुपमा बिस्तार भए संगै हाल नेपालमा पनि प्रबेस गरिसकेको कुरा हामी सबैलाई सर्वविदितै छ।
यसको संक्रमण अझै तिब्रगतिमा बडन सक्ने आंकलन सहजै गर्न सकिन्छ, हाम्रो देश नेपालमा भाईरस परिक्षण र उपचारका लागि अत्यावश्यक पर्ने उपकरण, औषधि तथा स्वास्थ्य सामाग्रीको उपलब्धता नरहेको अबस्थामा मातृभुमिमा आईपरेको यो महाबिपत्तिको अबस्थामा यो कोरोना भाईरस बिरुद्धको लडाइँमा नेपाल सरकारलाई सहयोग पुर्याउने उद्देश्यले गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाले संचालन गरेको आर्थिक सहयोग संकलनमा अभियानमा “सुर्खेत समाज दक्षिण कोरिया” पनि आफ्नो साथ र सहकार्य हुने भन्दै ५ लाख कोरियन वोन सहयोग गरिएको सुर्खेत समाज दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष पुष्कर बुढाथोकी बताउनु भएको छ।
(NRNA) द्वारा संकलित सहयोग रकमबाट यथा सक्दो छिटो कोरोना नियन्त्रणका लागि दक्षिण कोरियामा उपलब्ध गुणस्तरीय कोरोना परिक्षण उपकरण (Kits) खरिद खरिद गरि नेपाल सरकारलाई सहयोग गर्ने निर्णय गरिसकेको छ।साथै यस प्राणघातक भाइरसबाट सुरक्षित हुन कर्णाली प्रदेशका कुनैपनि अस्पताल ,स्वास्थचौकि तथा उपस्वास्थ्य चौकिहरुमा स्वास्थ्यकर्मिहरुको लागी सुरक्षा प्रदान गर्ने PERSONAL PROTECTIVE EQUIPMENT हरु नभएको जानकारी प्राप्त भै आएको हुदा यस्तो बेलामा देश र जनता अनि सम्पूर्ण स्वास्थ्यकर्मिहरुको सुरक्षालाई ध्यानमा राख्दै कर्णाली प्रदेशका सरकारि स्वास्थ्य संस्थाहरुमा नोबेल कोरोना भाईरस संक्रमण परिक्षण गर्ने क्रममा स्वास्थ्याकर्मिहरुलाई आवश्यक पर्ने PPE उपलब्ध गराउने हेतुले कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा.नवराज के सि ज्यु को नेतृवमा निर्माण सुरु भएको अभियानमा “सुर्खेत समाज दक्षिण कोरिया ” ले पनि आफ्नो कर्णाली आपतकालिन राहत कोषबाट (PPE) खरिद गरि बितरण गर्नका निमित्त सहयोग स्वरुप आवश्यक पर्ने रकम मध्ये रु. १,००,०००/- ( अक्षेरुपी एक लाख मात्र) डा. नवराज के सि ज्यु को खातामा जम्मा गरिएको सुर्खेत समाजका सचिब बखत थापाले बताउनु भएको छ। यसका सङसङै कर्णालीमा ( kits ) परिक्षण गर्न सकिने उच्चस्तरको ल्याब रहेको खण्डमा (NRNA) को सहकार्यमा कर्णाली प्रदेश हस्पिटललाई छुट्टै (kits) पनि उपलब्ध गराउन सकिने पनि बताउनु भएको छ।