कोरोना संक्रमण – कोरियाली सरकारले न्यून आय भएका जनतालाई १४ लाख दिने
- by siddhartha@post
- 4 years ago
- 0 comments

सोल-दक्षिण कोरियाका धेरै क्षेत्र कोरोना संक्रमणको मारमा परे पश्चात हाल कोरियाको जनजिवन अत्यन्त कष्टकर भइरहेको छ ।
मानिसहरु घरबाट बाहिर जान सकिरहेका छैनन् भने रोजगारका धेरै क्षेत्रहरु धरासायी भएका छन् । सोहि तथ्यलाई मध्यनजर राख्दै कोरियाली सरकारले आफ्नो आपतकालीन विपद व्यवस्थापन फण्ड मार्फत न्युन आय भएका परिवारलाई अवस्था अनुसार एक मिलियनबाट चौध मिलियनसम्मको आर्थिक साहायता गर्न लागिएको दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले बताएका छन् ।
राष्ट्रपति मुनका अनुसार ४ परिवार भएका न्युन आय भएका परिवारलाई एक मिलियन वन अर्थात करिव ८२० अमेरिकी डलर बरावरको साहायता प्रदान गरिने बताएका छन् ।
मुनका अनुसार सरकारको सो निर्णय एकदम गम्भिर निर्णय भएता पनि कोरियाली जनताको मेहनत तथा लगनशीलता हेर्दा उनीहरु सो साहायताको हकदार छन् । मुनका अनुसार सरकारको सो योजना अन्तरगत करिव ७० प्रतिशत जनता पर्दछन् ।
राज्यले हाल दुःखद परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै राष्ट्रपति मुनले राज्यको हालको सो आवश्यकता पूरा गर्न सरकारले पुरक बजेट ल्याउन लागेको पनि जानकारी दिएका छन् ।
मुनले अर्थविदहरु सँगको छलफलमा हाल कोरियाली अर्थतन्त्रले अँध्यारो सुरुङको यात्रा गरिरहेको जनाउदै सो मार्गको अन्त्य गर्ने गरि दिगो खाका कोर्न सुझाव समेत दिएका छन् ।Hotpati